इलाममा लोकसेवा तयारी कक्षा

नयाँ बुलन्द

इलाम : इलाममा ७ दिने लोकसेवा (खरिदार) तयारी कक्षा आजबाट सञ्चालन भएको छ ।

इलाम नगरपालिकाको आर्थिक सहयोग र नेपाल आदिवासी जनजाति महासंघ इलामको आयोजनामा सो तालिमको बुधवार औपचारिक रुपमा उद्द्घाटन गरिसञ्चालन भएको हो ।

आदिवासी जनजातिहरुलाई राज्यको जुनसुकै अंगमा स्थापित गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष चक्र एक्तेन (अभिषेक) ले वताए ।

आगमी २७ गते सम्म सञ्चालन हुने सो कक्षामा मोरङ्ग, पाँचथर र इलामका गरि २५ जनाको सहभागिता रहेको छ । सो कक्षाको सहजिकरण जिल्ला प्रशासन इलामका प्रशासकिय अधिकृत सफल पोर्तेल, स्थानिय विकास अधिकारी ध्रुव बहादुर खड्काले गरिरहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार