इलामका ८१ वडामा कसले कहाँ जित्यो ? हेर्नुहोस् (सूचीसहित अपडेट)

नयाँ बुलन्द

इलाम : इलामका १० स्थानीय तहको अन्तिम परिणाम आइसकेको छ । ४ वटै नगरपालिकाको प्रमुख र उपप्रमुख नेकपा एमालेले जितेको छ । ६ गाउँपालिका मध्ये सन्दकपुर, चुलाचुली र माइजोगमाइ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पनि एमालेले नै जितेको छ । ३ गाउँपालिका रोङ, माङसेबुङ र फाकफोकथुम गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसले जितेको छ भने माङसेबुङ र फाकफोकथुमको उपाध्यक्ष नेकपा एमालेले जितेको छ ।

यसरी हेर्ने हो भने २० जनाको जिल्ला सभामा १६ जना नेकपा एमाले र ४ जना नेपाली कांग्रेसको प्रतिनिधित्व हुने देखिन्छ ।

त्यसैगरी १० स्थानीय तहको ८१ वटा वडामध्ये अधिकाशं प्यानलै नेकपा एमालेले जितेको छ । जिल्लाका ८१ वडामध्ये एमालेले ४४ वटामा प्यानल नै जितेको छ । ३ वटाको वडा अध्यक्ष जितेर सदस्यहरूमा मिश्रित परिणाम आएको छ ।

नेपाली कांग्रेसले १६ वटामा प्यानल नै जितेको छ । १५ वटामा वडा अध्यक्ष जितेर सदस्यहरू मिश्रित आएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राष्ट्रिय जनमुक्ति पार्टीले १–१ वडामा प्यानलै जितेका छन् । एक वडामा नेकपा माओवादी केन्द्रले एउटा वडाध्यक्ष जितेको छ । सदस्यहरू मिश्रित आएका छन् ।

हेर्नुहोस् कुन पार्टीले कुन वडा जितेका छन् :

 नेकपा एमालेले अध्यक्ष जितेका वडाहरू (४७ वटा वडा) :

१. सन्दकपुर गाउँपालिका वडा नम्बर २ को अध्यक्ष : गिरीराज खनाल (नेकपा एमाले, प्यानल) १३०५ मत

२. सन्दकपुर गाउँपालिका वडा नम्बर ३ को अध्यक्ष : कृष्ण पाठक (नेकपा एमाले, प्यानल)

३. सन्दकपुर गाउँपालिका वडा नम्बर ४ को अध्यक्ष : वर्तमान गुरूङ (नेकपा एमाले, प्यानल) ७६१ मत

४. सन्दकपुर गाउँपालिका वडा नम्बर ५ को अध्यक्ष : जीतबहादुर साँवा (नेकपा एमाले, प्यानल) ९९५ मत

५. चुलाचुली गाउँपालिका वडा नम्बर २ को अध्यक्ष : रनबहादुर लिम्बू (नेकपा एमाले, प्यानल)

६. चुलाचुली गाउँपालिका वडा नम्बर ४ को अध्यक्ष : कालिप्रसाद भट्टराई (नेकपा एमाले, प्यानल)

७. चुलाचुली गाउँपालिका वडा नम्बर ५ को अध्यक्ष : चन्द्रकुमार थापा (नेकपा एमाले, प्यानल)

८. चुलाचुली गाउँपालिका वडा नम्बर ६ को अध्यक्ष : हेमन्त राइ (नेकपा एमाले, प्यानल) ५७४ मत

९. माङसेबुङ गाउँपालिका वडा नम्बर ३ को अध्यक्ष : मैतबहादुर राइ (नेकपा एमाले, प्यानल) ६१५ मत

१०. माङसेबुङ गाउँपालिका वडा नम्बर ४ को अध्यक्ष : अमृतबहादुर राइ (नेकपा एमाले, प्यानल) २७९ मत

११. माइजोगमाइ गाउँपालिका वडा नम्बर १ को अध्यक्ष : यामबहादुर कार्की (नेकपा एमाले, प्यानल) १०७४ मत

१२. माइजोगमाइ गाउँपालिका वडा नम्बर ४ को अध्यक्ष : गणेश राइ (नेकपा एमाले, प्यानल) ७७२   मत

१३. माइजोगमाइ गाउँपालिका वडा नम्बर ५ को अध्यक्ष : दाताराम सञ्जेल (नेकपा एमाले, प्यानल) १४६८ मत

१४. माइजोगमाइ गाउँपालिका वडा नम्बर ६ को अध्यक्ष : भवानीप्रसाद लिङदम (नेकपा एमाले, प्यानल) ८९३ मत

१५. रोङ गाउँपालिका वडा नम्बर १ को अध्यक्ष : बुद्ध ढकाल (नेकपा एमाले, प्यानल) ५६४ मत

१६. रोङ गाउँपालिका वडा नम्बर ५ को अध्यक्ष : युवराज राइ (नेकपा एमाले, प्यानल) ६३५ मत

१७. फाकफोकथुम गाउँपालिका वडा नम्बर ४ को अध्यक्ष : हरीप्रसाद दंगाली (नेकपा एमाले, प्यानल) ८७५ मत

१८. फाकफोकथुम गाउँपालिका वडा नम्बर ५ को अध्यक्ष : सिद्धमान आले (नेकपा एमाले, प्यानल) ४१३ मत

१९. फाकफोकथुम गाउँपालिका वडा नम्बर ७ को अध्यक्ष : लोकबहादुर थापा गोदार (नेकपा एमाले, प्यानल)

२०. देउमाइ नगरपालिका वडा नम्बर ३ को अध्यक्ष : दावा तामाङ (नेकपा एमाले, प्यालन) १००० मत

२१. देउमाइ नगरपालिका वडा नम्बर ६ को अध्यक्ष :…… (नेकपा एमाले, प्यालन)

२२. देउमाइ नगरपालिका वडा नम्बर ८ को अध्यक्ष : चन्द्र मगर (नेकपा एमाले, प्यालन) १०६९ मत

२३. देउमाइ नगरपालिका वडा नम्बर ९ को अध्यक्ष : प्रेमसागर बराल (नेकपा एमाले, प्यालन) ९६५ मत

२४. इलाम नगरपालिका वडा नम्बर १ को अध्यक्ष : अम्बिका गौतम (नेकपा एमाले, प्यालन) १०८३ मत

२५. इलाम नगरपालिका वडा नम्बर २ को अध्यक्ष : नारद लम्साल (नेकपा एमाले, प्यालन) ७८७ मत

२६. इलाम नगरपालिका वडा नम्बर ५ को अध्यक्ष : ठाकुरनारायण श्रेष्ठ (नेकपा एमाले, प्यालन) ७२७ मत

२७. इलाम नगरपालिका वडा नम्बर ६ को अध्यक्ष : माधव भट्टराइ (नेकपा एमाले, मिश्रित) १११२ मत मत

२८. इलाम नगरपालिका वडा नम्बर ९ को अध्यक्ष : श्यामकृष्ण घिमिरे (नेकपा एमाले, प्यालन) १२६० मत

२९. इलाम नगरपालिका वडा नम्बर १० को अध्यक्ष : रोमबहादुर लुंगेली (नेकपा एमाले, प्यालन) ११८७ मत

३०. माइ नगरपालिका वडा नम्बर १ को अध्यक्ष : पदमबहादुर फागो (नेकपा एमाले, प्यालन) ५३१ मत

३१. माइ नगरपालिका वडा नम्बर २ को अध्यक्ष : खम्बसिंह लिम्बू (नेकपा एमाले, प्यालन) ७२२ मत

३२. माइ नगरपालिका वडा नम्बर ४ को अध्यक्ष : सुर्यप्रसाद बराल (नेकपा एमाले, प्यालन) ६०६ मत

३३. माइ नगरपालिका वडा नम्बर ५ को अध्यक्ष : गम्भीरबादुर तामाङ (नेकपा एमाले, प्यालन) ४७५ मत

३४. माइ नगरपालिका वडा नम्बर ६ को अध्यक्ष : मुखराज आङदेम्बे लिम्बू (नेकपा एमाले, प्यालन) ५२५ मत

३५. माइ नगरपालिका वडा नम्बर ७ को अध्यक्ष : रामप्रसाद सदेम्बा (नेकपा एमाले, प्यालन) ७३४ मत

३६. माइ नगरपालिका वडा नम्बर ८ को अध्यक्ष : भक्तबहादुर आङदेम्बे (नेकपा एमाले, प्यालन) ६०५ मत

३७. माइ नगरपालिका वडा नम्बर ९  को अध्यक्ष : लीला बान्तवा (नेकपा एमाले, प्यालन)

३८. सुर्योदय नगरपालिका वडा नम्बर २ को अध्यक्ष : चन्द्र सुब्बा (नेकपा एमाले, प्यानल)

३९. सुर्योदय नगरपालिका वडा नम्बर ३ को अध्यक्ष : होमबहादुर कार्की (नेकपा एमाले, प्यानल)

४०. सुर्योदय नगरपालिका वडा नम्बर ४ को अध्यक्ष : मदन लामिछाने (नेकपा एमाले, प्यानल)

४१. सुर्योदय नगरपालिका वडा नम्बर ५ को अध्यक्ष : प्रेमकुमार तामाङ (नेकपा एमाले, प्यानल) १०६४ मत

४२. सुर्योदय नगरपालिका वडा नम्बर ६ को अध्यक्ष : शिवकुमार बस्नेत (नेकपा एमाले, प्यानल)

४३. सुर्योदय नगरपालिका वडा नम्बर ८ को अध्यक्ष : सुवास राइ (नेकपा एमाले, मिश्रित) ९५५ मत

४४. सुर्योदय नगरपालिका वडा नम्बर ९ को अध्यक्ष : देवेन्द्र शर्मा (नेकपा एमाले, प्यानल) ८३९ मत

४५. सुर्योदय नगरपालिका वडा नम्बर १० को अध्यक्ष : पेमा उगेन लामा (नेकपा एमाले, मिश्रित)

४६. सुर्योदय नगरपालिका वडा नम्बर ११ को अध्यक्ष : टेकबहादुर राई (नेकपा एमाले, प्यानल)

४७. सुर्योदय नगरपालिका वडा नम्बर १२ को अध्यक्ष : डोलेन्द्र भारद्वाज (नेकपा एमाले, प्यानल)

 

नेपाली कांग्रेसले अध्यक्ष जितेका वडाहरू (३१ वटा वडा) :

१. चुलाचुली गाउँपालिका वडा नम्बर ३ को अध्यक्ष : नरेन्द्र लावती (नेपाली कांग्रेस, प्यानल) ६५६ मत

२. माङसेबुङ गाउँपालिका वडा नम्बर १ को अध्यक्ष : भक्तराज लिम्बू (नेपाली कांग्रेस, प्यानल) ६०१ मत

३. माङसेबुङ गाउँपालिका वडा नम्बर २ को अध्यक्ष : पुष्पराज कार्की (नेपाली कांग्रेस, मिश्रित) ६७४ मत

४. माङसेबुङ गाउँपालिका वडा नम्बर ६ को अध्यक्ष : प्रदिप राइ (नेपाली कांग्रेस, मिश्रित) ६२९ मत

५. माइजोगमाइ गाउँपालिका वडा नम्बर २ को अध्यक्ष : डम्बर सुवेदी (नेपाली कांग्रेस, मिश्रित) ५९९ मत

६. माइजोगमाइ गाउँपालिका वडा नम्बर ३ को अध्यक्ष : यामप्रसाद लामा (नेपाली कांग्रेस, प्यानल) ७४३ मत

७. रोङ गाउँपालिका वडा नम्बर २ को अध्यक्ष : टेकबहादुर तामाङ (नेपाली कांग्रेस, मिश्रित) ६११ मत

८. रोङ गाउँपालिका वडा नम्बर ३ को अध्यक्ष : मात्रिका बराल (नेपाली कांग्रेस, मिश्रित) ७२३ मत

९. रोङ गाउँपालिका वडा नम्बर ४ को अध्यक्ष : सुर्य राइ (नेपाली कांग्रेस, प्यानल) ४१३ मत

१०. रोङ गाउँपालिका वडा नम्बर ६ को अध्यक्ष : मनीकुमार तामाङ ‘सुवास’ (नेपाली कांग्रेस, प्यानल) १३५५ मत

११. फाकफोकथुम गाउँपालिका वडा नम्बर १ को अध्यक्ष : टेकबीर लिम्बूले (नेपाली कांग्रेस, प्यानल) ६४९ मत

१२. फाकफोकथुम गाउँपालिका वडा नम्बर २ को अध्यक्ष : यामबहादुर पौडेल खत्री (नेपाली कांग्रेस, प्यानल) ५३७ मत

१३. फाकफोकथुम गाउँपालिका वडा नम्बर ३  को अध्यक्ष : राजन पौडेलले ७०७ मत (नेपाली कांग्रेस, प्यानल)

१४. फाकफोकथुम गाउँपालिका वडा नम्बर ६ को अध्यक्ष : डिकबहादुर थापा (नेपाली कांग्रेस, मिश्रित) ४४६ मत

१५. देउमाइ नगरपालिका वडा नम्बर १ को अध्यक्ष : माधवकुमार बस्नेत (नेपाली कांग्रेस, प्यानल, ) ६७० मत

१६. देउमाइ नगरपालिका वडा नम्बर २ को अध्यक्ष : भुवानीराम राइ (नेपाली कांग्रेस, प्यानल) ७३२ मत

१७. देउमाइ नगरपालिका वडा नम्बर ४ को अध्यक्ष : राजेन्द्र बाँस्तोला (नेपाली कांग्रेस, प्यानल) ७३८ मत

१८. देउमाइ नगरपालिका वडा नम्बर ५ को अध्यक्ष : दिलीप कार्की (नेपाली कांग्रेस, मिश्रित)

१९. देउमाइ नगरपालिका वडा नम्बर ७ को अध्यक्ष : भक्तबहादुर लिम्बू (नेपाली कांग्रेस, मिश्रित) ८४० मत

२०. इलाम नगरपालिका वडा नम्बर ३ को अध्यक्ष : तिर्थ गुरुङ (नेपाली कांग्रेस, प्यालन) ८४१ मत

२१. इलाम नगरपालिका वडा नम्बर ४ को अध्यक्ष : नुतनदेव दुलाल (नेपाली कांग्रेस, प्यालन) ७१७ मत

२२. इलाम नगरपालिका वडा नम्बर ७ को अध्यक्ष : नरेश श्रेष्ठ (नेपाली कांग्रेस, मिश्रित) ७४८ मत

२३. इलाम नगरपालिका वडा नम्बर ८ को अध्यक्ष : होम बस्नेत (नेपाली कांग्रेस, मिश्रित) ९०९ मत

२४. इलाम नगरपालिका वडा नम्बर ११ को अध्यक्ष : रविन एक्तेन (नेपाली कांग्रेस, मिश्रित) ८१८ मत

२५. इलाम नगरपालिका वडा नम्बर १२ को अध्यक्ष : लाखमान लिम्बू (नेपाली कांग्रेस, प्यालन) ७२४ मत

२६. माइ नगरपालिका वडा नम्बर ३ को अध्यक्ष : शेरबहादुर एक्तेन (नेपाली कांग्रेस, मिश्रित) ४४९ मत

२७. माइ नगरपालिका वडा नम्बर १० को अध्यक्ष : मनबहादुर बस्नेत (नेपाली कांग्रेस, प्यालन)

२८. सुर्योदय नगरपालिका वडा नम्बर १ को अध्यक्ष : राजकुमार सेरेङ (नेपाली कांग्रेस, मिश्रित) १४५६ मत

२९. सुर्योदय नगरपालिका वडा नम्बर ७ को अध्यक्ष : (नेपाली कांग्रेस, मिश्रित)

३०. सुर्योदय नगरपालिका वडा नम्बर १३ को अध्यक्ष : धनबहादुर राइ (नेपाली कांग्रेस, मिश्रित)

३१. सुर्योदय नगरपालिका वडा नम्बर १४ को अध्यक्ष : नरबहादुर सुवेदी (नेपाली कांग्रेस, प्यानल)

 

नेकपा माओवादी केन्द्रले जितेको वडा (१ वटा वडा) :

१. सन्दकपुर गाउँपालिका वडा नम्बर १ को अध्यक्ष : नन्दकुमार राइ (माओवादी केन्द्र, मिश्रित) ३८० मत

 

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले जितेको वडा (१ वटा वडा) :

१. चुलाचुली गाउँपालिका वडा नम्बर १ को अध्यक्ष : पूर्ण लावती (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, प्यानल) ७०७ मत

 

राष्ट्रिय जनमुक्ति पार्टीले जितेको वडा (१ वटा वडा) :

१. माङसेबुङ गाउँपालिका वडा नम्बर ५ को अध्यक्ष : नरेन्द्र राइ (राष्ट्रिय जनमुक्ति पार्टी, प्यालन) ८८३ मत

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार