सूर्योदय नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

नयाँ बुलन्द

फिक्कल : इलामकाे सुर्याेदय नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) का रनबहादुर (आरबी) राई र दुर्गादेवी भट्टराई विजयी भएका छन् ।

मतपरिणामअनुसार प्रमुखमा आरबीले नेपाली काङ्ग्रेसबाट उम्मेदवार बनेका प्रेमलाल चाम्लिङ राईलाई २५९० मतको अन्तरले र उपप्रमुखमा दुर्गादेवीले काङ्ग्रेसकै उम्मेदवार बनेकी खगेश्वरी (बन्दना) पौडेललाई २९६३ मतको अन्तरले पराजित गरेका हुन् ।

सूर्योदय नगरपालिकाको मतगणना मतदान भएको एकहप्ता पछि मंगलबार दिउँसो मात्र सम्पन्न भएको हो । परिणामअनुसार प्रमुखमा आरबीले १२९१९ र उपमेयरमा भट्टराईले १२८९० मत प्राप्त गरेका छन् ।

त्यसैगरी पराजित उम्मेदवारहरु मेयरका प्रेमले १०३२९ र उपमेयरमा बन्दनाले ९९२७ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार