एथलेटिक्स खेलाडी उडिसातर्फ

काठमाडाैं : पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टिम २२ औं एसियाली एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन आइतबार भुवनेश्वर (भारत) प्रस्थान गरेको छ ।

उडिसास्थित भुवनेश्वरमा जुलाई ७ देखि ९ सम्म हुने च्याम्पियनसिपमा गोपीचन्द्र पार्कीले ५ हजार र १० हजार मिटर, सोमबहादुर कुमालले ४ सय र ८ समय मिटरमा प्रतिस्पर्धा गर्नेछन् । रियो ओलम्पिकमा प्रतिस्पर्धा गरेकी सरस्वती भट्टराई ८ सय र १५ सय मिटर दौड, केशरी चौधरी लङजम्प र ट्रिपलजम्प तथा चन्द्रकला लाम्गादे ज्याभ्लिन र सटपुटमा सहभागी हुँदै छन् ।

प्रशिक्षकमा विमला राना मगर छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार