अब हामी जनताका साझा भएका छौं : प्रमुख बस्नेत

जीवन लिम्बू

इलाम : इलाम नगरपालिकाका नवनिर्वाचित प्रमुख महेश बस्नेतले अब आफू र विजयी उम्मेदवारहरु दलको मात्र नभइ जनताका साझा प्रतिनिधिको रुपमा कार्य गर्ने बताएका छन् ।

नेकपा एमालेको नगर संठन कमिटिले आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दै बस्नेततले इलाम नगरको विकास र समृद्धि एक मात्र लक्ष्य हुने बताए । प्रमुखका रुपमा काम गर्दा कसैलाई पनि राजनीतिक रुपमा विभेद नगर्ने उनको भनाई थियो । बस्नेतले नगरपालिकालाई सम्बृद्ध बनाउने काममा सहकार्य नर्ग अन्य दलहरुलाई समेत आग्रह गरेका छन् ।

सभामा उनले आफूले जनतासँग भोट माग्दा गरेका प्रतिवद्धता र आफ्नो पार्टीले ल्याएको घोषणा पत्रमा उल्लेख भएका बुँदाहरुलाई कार्यान्वयन गर्दै इलामलाई आर्थिक समृद्धिको पाटोमा हिँडाउने प्रतिबद्धता जनाए । बस्नेतले सरकार नागरिकका घरदैलोमा आएको भन्दै अब यो पार्टी उ पार्टी नभनी आफ्नो ठाउँको विकास र समृद्धिमा लाग्न इलामका सबै नागरिकलाई आग्रह गरे ।

कार्यक्रममा नेकपा एमाले इलामका अध्यक्ष राम राना, केन्द्रिय अनुसाशन आयोगका सदस्य अगम वान्तवा, इलाम नगरको निर्वाचन परिचालन कमिटिका संयोजक कृष्ण श्रेष्ठ लगायतले बोलेक थिए । विजय उत्सव मनाउन नगरपालिका क्षेत्रका नागरिक र एमाले समर्थकको बाक्लो उपस्थिति थियो  ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार