नवनिर्वाचित प्रतिनीधिद्वारा पद वहाली

चुलाचुली गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनीधिहरू साथमा कार्यकारी अधिकृत ।

चेतन अाङथुपाे

चुलाचुली : इलामको दक्षिणी चुलाचुली गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष प्रदिपचन्द्र राइ र उपाध्यक्ष निर्मला दाहालद्वारा सपथ ग्रहण सहित पदवहाली कार्यक्रम भएको छ ।

निर्वाचन अधिकृत कपिलप्रसाद सुवेदीको अध्यक्षता रहेको कार्यक्रममा ६ वटा वडाका अध्यक्ष तथा बहुमत विजयी सदस्यहरूको समेत उपस्थिति रहेको कार्यक्रममा प्रमुख उपप्रमुख जनप्रतिनिधिलाई कार्यकक्षमा स्वागत गरिएको थियो ।

चुलाचुलीमा अध्यक्ष र उपाध्यक्ष सहित ४ वटा वडा नेकपा एमालेले जितेकाे छ । वडा नम्बर १ संघीय लोकतान्त्रक राष्ट्रिय मञ्चले जितेकाे छ । त्यहाँबाट मञ्चका पूर्ण लावती विजयी भएका हन् । २, ४, ५ र ६ मा एमाले विजयी बनेकाे छ । २ मा एमालेका रनबहादुर लिम्बू, ४ मा कालिप्रसाद भट्टराई, ५ मा चन्द्रकुमार थापा र ६ मा हेमन्त राइ विजयी भएका छन् ।  वडा नम्बर ३ मा भने कांग्रेसका नरेन्द्र लावती विजयी भएका छन् ।

चुलाचुली जनताको लागि जनप्रतिनीधिबाट सेवा सुचारू समेत भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार