माई नगरपालिकामा प्रमुख र उपप्रमुखमा एमाले विजयी

नयाँ बुलन्द

दानाबारी :  इलामको माई नगरपालिकाको नगर प्रमुख र उपप्रमुख पदमा एमालेका उम्मेदवारहरु विजयी भएका छन् ।

प्रमुख पदमा एमालेका दीपककुमार थेवे र उपप्रमुख पदमा विष्णुमाया आचार्य विजयी भएका हुन् । उनीहरुले क्रमशः १५५१ र १२१३ मतको अन्तरले नेपाली काङ्ग्रेसका उम्मेदवारहरुलाई पराजित गरेका हुन् ।

काङ्ग्रेसका प्रमुख र उपप्रमुखका उम्मेदवारहरु विष्णु हेम कुमार कार्कीले ४५२६ र चन्द्रमाया लिम्बूले ४६८३ मत ल्याएका छन् । विजेताहरु दीपक कुमारले ६०७७ र विष्णुमायाले ५८९६ मत प्राप्त गरेका छन् ।

माई नगरपालिका वडा १ को वडाध्यक्षमा  नेकपा एमालेका पदमबहादुर फागो (५३१ मत) को प्यानल विजयी भए । एमालेकै उमा मगर, रश्मिता बराइली, ठगबहादुर राई र प्रेम गिरी वडा सदस्यमा निर्वाचित भए । वडा २ मा पनि एमालेका खम्बासिंह लिम्बूको प्यानल नै विजयी भयो । लिम्बूले ७२२ मत ल्याए।

माई ३ मा नेपाली कांग्रेसका शेरबहादुर एक्तेनसहित ३ सदस्य कांग्रेस र १ सदस्य एमालेबाट विजयी भएका छन् । वडा ४ मा एमालेका सूर्यप्रसाद दुलाल ६०६ मत ल्याएर प्यालनसहित विजयी भए। निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रको ३४८ मत छ । माई नपा ५ को वडाध्यक्षमा एमालेका गम्भीरमान तामाङको प्यानल विजयी भयो । माई नपा ६ मा नेकपा एमालेका मुखराज आङ्देम्बेको प्यानल विजयी भएको छ ।

माई–७ को वडाध्यक्षमा एमालेका रामप्रसाद सदेम्बाको प्यानल विजयी भएको छ । माई ८ मा एमालेकै भक्तबहादुर आङ्देम्बेको प्यानल विजयी भयो । ९ को वडाध्यक्षमा एमालेका लीला बान्तवा प्यानलसहित विजयी भए भने वडा १० को वडाध्यक्षमा कांग्रेसका मनबहादुर बस्नेत प्यानलसहित विजयी भएका छन्।

इलामको दश स्थानीय तहरु मध्ये नौं स्थानीय तहको परिणाम आइसकेको छ । अब जिल्लाको सबैभन्दा बढी मतदाता भएको सुर्योदय नगरपालिकाको मात्र परिणाम आउन बाँकी छ । सुर्योदय नगरपालिकामा पनि एमालेको अग्रता छ ।

नौं वटा स्थानीय तहको परिणाम आउँदा नेकपा एमालले तीन नगरपालिका सहित ६ स्थानीय तहमा विजय हासिल गरेको छ । भने नेपाली कांग्रेसले तीन गाउँपालिकामा विजयी भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार