ताप्लेजुङका सबै स्थानीय तहको मतपरिणाम सार्वजनिक, कहाँ को विजयी ?

ताप्लेजुङ : ताप्लेजुङको एक नगरपालिकासहित आठ वटै गाउँपालिकाको मतगणना सम्पन्न भएको छ ।

स्थानीय तह निर्वाचनले एमालेलाई जिल्लाको पहिलो दल बनाएको छ । फुङ्लिङ नगरपालिका, याङ्वरक गाउँपालिका, मिक्वाखोला गाउँपालिका, मेवाखोला गाउँपालिका र फक्ताङ्लुङ गाउँपालिका जितेर एमाले ठूलो दल बनेको हो ।

कांग्रेसले जिल्लाको चार गाउँपालिकामा जितेको छ । मेरिङदेन, आठराई त्रिवेणि, सिरिजंघा र सिदिङमा कांग्रेसले जित निकालेको गाउँपालिका हुन् ।

कुन स्थानमा को विजयी ?

१. फुङ्लिङ नगरपालिका (एमाले)
प्रमुख छत्रपति प्याकुरेल ३८९८
उपप्रमुख वमबहादुर भट्टराई (तारा)

२, याङ्वरक गाउँपालिका (एमाले)
प्रमुखकेशर मेन्याङ्बो २५१७
उपप्रमुख रनमाया गुरुङ २४७४

३. मिक्वाखोला गाउँपालिका 
प्रमुख रामकुमार साँवा (एमाले) १४८४
उपप्रमुख रुद्रा कुमारी लिम्बु (कांग्रेस) १४८९

४. मैवाखोला गाउँपालिका (एमाले)
प्रमुख राजन थत्लुङ १८१८
उपप्रमुख कौसिला वनेम१९५१

५. फक्ताङ्लुङ गाउँपालिका (एमाले)
प्रमुखसरोज एभेङ १९९८
उपप्रमुख फुलमाया लिम्बु १८८८

६. मेरिङ्देन गाउँपालिका 
प्रमुखगणेशबहादुर लिम्बु (कांग्रेस) २३००
उपप्रमुखकल्पना तुम्बाहाम्फे (एमाले) २१८५

७. आठराई त्रिवेणी गाउँपालिका
प्रमुख विश्व सिटौला (कांग्रेस) २२२७
उपप्रमुख मञ्जु भट्टराई (एमाले) २१८१

८. सिरिजंघा गाउँपालिका (कांग्रेस)
प्रमुख टिका गुरुङ २३७८
उपप्रमुख ज्ञानमाया चौहान २१३६

९. सिदिङवा गाउँपालिका 
प्रमुख नरबहादुर कडरीया (कांग्रेस)२५३७
उपप्रमुख जीवन ताम्लिङ (माओवादी)२०३४

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार