देउमाई नगरपालिकामा एमालेका सुर्य पोख्रेल र पविमाया राई विजयी

नयाँ बुलन्द

इलाम : इलामको देउमाई नगरपालिकामा पनि नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । देउमाईमा प्रमुखमा नेकपा एमालेका सुर्य पोख्रेल र उपप्रमुखमा पविमाया राई (पुष्पा) विजयी भएका छन् ।

प्रमुखमा विजयी पोख्रेलले ७३४७ मत प्राप्त गरे । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका होम दुलालले ६६४६ मत प्राप्त गरेका थिए । प्रमुखको मतान्तर ७०१ रहेको छ ।

उपप्रमुखमा एमालेकै पविमाया राईले ७३९१ मतका साथ विजयी भएकी हुन् । उनकी निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसकी सुर्यमाया राईले ६३९१ मत प्राप्त गरिन् ।

१० स्थानीय तहमध्ये ६ वटाको नतिजा यसअघि नै सार्वजनिक भइसकेको छ । केही समयअघि सार्वजनिक भएको मतपरिणाम अनुसार इलाम नगरपालिकामा नेकपा एमालेका महेश बस्नेत विजयी भएका छन् । ४ नगरपालिकामध्ये सुर्योदय र माइ नगरपालिकामा मतगणना जारी छ । दुवै नगरपालिकामा एमालेले

अग्रता लिइरहेको छ ।त्यसैगरी इलाममा ६ गाउँपालिकामध्ये ५ को मतपरिणाम यसअघि नै प्रकाशित भइसकेको छ ।् जसमध्ये ३ वटामा नेकपा एमाले र २ वटामा नेपाली काग्रेस विजयी भएका छन् ।

सन्दकपुर गाउँपालिकामा उदयबहादुर राई, चुलाचुलीमा प्रदिपचन्द्र राई र माइजोगमाईमा जीतबहादुर राई विजयी भएका छन् । माङसेबुङमा नेपाली कांग्रेसका डिकेन्द्र इधिङ्गो र रोङमा कांग्रेसकै शस्मेर राई विजयी भएका छन् । फाकफोकथुम गाउँपालिकाको मतगणना जारी छ । त्यहाँ नेपाली कांग्रेसका रामकुमार श्रेष्ठले अग्रता लिइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार