नयाँ बुलन्द
इलाम : इलाममा स्थानीय तह निर्वचानको मतपरिणाम धमाधम सार्वजनिक भइरहेको छ । अहिलेसम्म ३ स्थानमा नेकपा एमालेले विजय हासिल गरिसकेको छ । २ स्थानमा कांग्रेसले जितेकोछ । बाँकी ५ स्थानीय तहको मतगणाना भइरहेको छ । गणना भइरहेका मध्ये ४ स्थानमा नेकपा एमाले र १ स्थानमा कांग्रेसले अग्रता लिइरहेको छ ।
नेकपा एमाले विजयी भएका स्थानीय तह
१. सन्दकपुर गाउँपालिका (उदयबहादुर राइ)
२. चुलाचुली गाउँपालिका (प्रदिपचन्द्र राइ)
३. माइजोगमाइ गाउँपालिका (जीतबहादुर राइ)
नेपाली कांग्रेस विजयी भएका स्थानीय तह
१. माङसेबुङ गाउँपालिका (डिकेन्द्र इधिङ्गो)
२. रोङ गाउँपालिका (शम्सेर राइ)
नेकपा एमालेले अग्रता लिएका स्थानीय तह
१. इलाम नगरपालिका (महेस बस्नेत)
२. सूर्योदय नगरपालिका (रनबहादुर राइ)
३. माई नगरपालिका (दिपककुमार थेवे)
४. देउमाइ नगरपालिका (सुर्य पोख्रेल)
नेपाली कांग्रेसले अग्रता लिएका स्थानीय तह
१. फाकफोकथुम गाउँपालिका (रामकुमार श्रेष्ठ)