गोविन्द पौड्याल
रोङ : इलामको रोङ गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र बहुमत वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन् ।
गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार शम्सेर राई ३९१४ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका बृहष्पती खतिवडा ३६७२ मत प्राप्त गरे ।
त्यसैगरी उपाध्यक्षमा पनि नेपाली कांग्रेसका उम्मेद्वार चन्द्रकला बुढाथोकी (राई) ४११३ मतका साथ विजयी भइन् । उनकी निकटतम प्रतिष्पर्धी एमालेकी विष्णु खवासले ३६६७ मत प्राप्त गरेकी थिइन् ।
वडा समेत कांग्रेसले बहुमत जितेको छ । ६ वटा वडामध्ये कांग्रेसले ४ र एमालेले २ वटा वडा जितेको छ । कांग्रेसले २, ३, ४ र ६ तथा एमालेले १ र ५ वडा जितेको छ ।
वडा नम्बर १ मा नेकपा एमालेका बद्ध ढकाल (५६४ मत), २ मा नेपाली कांग्रेसका टेकबहादुर तामाङ (६११ मत), ३ मा नेपाली कांग्रेसकै मात्रिका बराल (७२३ मत), ४ मा कांग्रेसकै सुर्य राई (४१३ मत), ५ एमालेका युवराज राई (६३५ मत) र वडा नम्बर ६ मा कांग्रेसका मनीकुमार तामाङ (सुवास) (१३५५ मत) विजयी भएका छन् ।
यसअघि सार्वजनिक भएको परिणाम अनुसार सन्दकपुर गाउँपालिकाको अध्यक्षमा एमालेका उदयबहादुर राई, चुलाचुली गाउँपालिकामा एमालेकै प्रदिपचन्द्र राई, माइजोगमाई गाउँपालिकामा एमालेकै जीतबहादुर राई र माङसेबुङ गाउँपालिकामा नेपाली कांग्रेसका डिकेन्द्र इधिङ्गो विजयी भइसकेका छन् ।
१० स्थानीय तह रहेका इलाममा ५ को मतगणना भइरहेको छ । जसमध्ये फाकफोकथुम गाउँपालिकामा नेपाली कांग्रेसका रामकुमार श्रेष्ठ अगाडि छन् । बाँकी ४ नगरपालिका इलाम, सुर्योदय, देउमाई र माइमा भने नेकपा एमाले अगाडि रहेको छ ।