फाल्गुनन्द गाउँपालिकामा काँग्रेस विजयी

नयाँ बुलन्द

पाँचथर : पाँचथरको फाल्गुनन्द गाँउपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेद्वार विजयी भएका छन् ।

गाँउपालिका अध्यक्षमा काँग्रेसका उम्मेद्वार अमरकुमार नेम्वाङ ४१६३ मत प्राप्त गर्दै विजयी भए । उनका निकटतम प्रतिष्पर्धी नेकापा एमालेका वीरबहादुर कुरुम्वाङले ३३६७ मत ल्याए । त्यसैगरी उपाध्यक्षमा पनि काँग्रेसकै देवित्राकुमारी आङ्देम्बे ३९५३ मत प्राप्त गर्दै विजयी भइन् । उनकी निकटम प्रतिष्पर्धी एमालेकी करुणा राई आङ्देम्बेले ३३९४ मत प्राप्त गरिन् ।

अध्यक्षमा माओवादी केन्द्रका उम्मेद्वार ठाकुरसिंह नेम्वाङले ७४४ मत, संघीय समाजवादी फोरमका रामकुमार नेम्वाङ ‘तुम्याहाङ’ ले ४९० मत, राप्रपाका कमलबहादुर चेम्जोङले २३४ र संघीय लिम्बुवान मञ्चका जितेन चेम्जोङले ३११ मत ल्याए ।

उपाध्यक्षमा माओवादी केन्द्रकी तीर्थहाङमा नेम्बाङले ६९७ मत, संघीय समाजवादी फोरमकी शान्ति लिम्बूले ६५७, राप्रपाकी रीता शेर्माले २२५ र लिम्बुवानकी अमृता चेम्जोङले २७६ मत प्राप्त गरिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार