रोङ गाउँपालिकामा कांग्रेस जित नजिक (मत परिणामसहित)

नयाँ बुलन्द

रोङ : इलामको रोङ गाउँपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्मको मतपरिणाम अनुसार अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेसले अग्रता लिएको छ । ५ वटा वडाको मतगणना सकिदाँ कांग्रेसका उम्मेद्वार शम्सेर राईले ३७९० मतका साथ लिड गरिरहेका छन् । उनलाइ एमालेका बृहष्पती खतिवडाले ३५६७ मतले पछ्याइरहेका छन् ।

उपाध्यक्षमा पनि कांग्रेसकी चन्द्रकला बुढाथोकी (राई) ३९२९ मतका साथ अगाडि छिन् । उनलाइ एमालेकी विष्णु खवासले ३५५७ मतका साथ पछ्याइरहेकी छिन् ।

अहिले वडा नम्बर ६ को मतगणना भइरहेको छ । करिब २५० मत गन्न बाँकी रहेको जानकारी प्राप्त भएको छ ।

पछिल्लो अपडेट

नेपाली कांग्रेस

अध्यक्ष : शम्सेर राई ३७९०

उपाध्यक्ष : चन्द्रकला बुढाथोकी (राई) ३९२९

नेकपा एमाले

अध्यक्ष : बृहष्पती खतिवडा ३५६७

उपाध्यक्ष : विष्णु खवास ३५५७

वडाका विजयी अध्यक्षहरू  

वडा नम्बर १ मा बुद्ध ढकाल (नेकपा एमाले) ५६४ मत

वडा नम्बर २ मा टेकबहादुर तामाङ (नेपाली कांग्रेस)

वडा नम्बर ३ मा मात्रिका बराल (नेपाली कांग्रेस) ७२३ मत

वडा नम्बर ४ मा सुर्य राइ  (नेपाली कांग्रेस) ४१३ मत

वडा नम्बर ५ मा युवराज राइ (नेकपा एमाले)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार