इनपा ५ मा एमाले प्यानल विजयी

नयाँ बुलन्द

इलाम : इलाम नगरपालिका वडा नम्बर ५ मा एमालेको प्यानल विजयी भएको छ ।

वडा अध्यक्षमा नेकपा एमालेका उम्मेद्वार ठाकुरनारायण श्रेष्ठ १११२ मतका साथ विजयी बनेका छन् । उनका प्रतिष्पर्धी पदम पौडेलले १०४६ मत प्राप्त गरेका छन् ।

एमालेका तर्फबाट महिला सदस्यमा सितादेवी रिजाल (१११७ मत), दलित महिला सदस्यमा दलिमाया घतानी (१०८० मत), खुल्ला सदस्यहरुमा ग्रीष्म सुब्बा (१०९२ मत) र टंकबहादुर खत्री (१०३४ मत) विजयी भएका हुन् ।

इलाम नगरपालिकाको ८ वटा गणना भइसक्दा प्रमुख र उपप्रमुखमा एमाले १६५० मतले अगाडि रहेको छ । प्रमुख एमालेका महेश बस्नेतले ७९८८ र काङ्ग्रेसका हिमालय कर्माचार्यले ६३३८ मत प्राप्त गरेका छन् । उपमेयरमा एमालेकी शुशिला नेम्बाङको ७९३६ र काङ्ग्रेसकी चन्दा कार्कीको ६३२९ मत रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार