माइजोगमाई गाउँपालिकामा एमाले विजयी

नरेन इलामेली

नयाँबजार : इलामको माइजोगमाई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष सहित बहुमत वडामा एमाले विजयी बनेको छ । गएराति सम्पन्न अन्मित मतपरिणाम अनुसार गाउँपालिका अध्यक्षमा एमालेका उम्मेद्वार जीतबहादुर राई ५६९६ मतका साथ विजयी बनेका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका पेम्वा छिरि शेर्पा (सिटी) ले ३९३६ मत मात्र पाएका थिए ।

त्यसैगरी उपाध्यक्षमा पनि एमालेकै उम्मेद्वार विजयी बनेका छन् । उपाध्यक्षमा एमालेकी सावित्रा भट्टराई ५२९५ मतका साथ विजयी बनिन् । उनकी निकटतम प्रतिष्पर्धी कांग्रेसकी लोकमाया थेवेले ३९४२ मत पाएकी थिइन् ।

अन्य पार्टीका उम्मेद्वारहरुले भने जमानत समेत जोगाउन सकेनन् । नेकपा माओवादी केन्द्रका अध्यक्षमा उम्मेद्वार देविभक्त सिवाकोटीले ७२१ र उपाध्यक्षका उम्मेद्वार संगिता थामीले ९९१ प्राप्त गरे । संघिय समाजवादी फोरमका अध्यक्षका उम्मेद्वार धनसिंह लिम्बूले ६१ र उपाध्यक्षका उम्मेद्वार पासाङदिकी शेर्पाले २०७ मात्र पाए ।

त्यसैगरी वडामा समेत बहुमत अध्यक्ष र सदस्य एमालेले जितेको छ । ६ वटा वडा रहेको माइजोगमाईका ४ वडा एमाले र २ वडा कांग्रेसले जितेको हो ।

वडा नम्बर १ मा नेकपा एमालेका यामबहादुर कार्की (१०७४), वडा नम्बर ४ मा एमालेकै गणेश राइ (७७२), वडा नम्बर ५ मा एमालेकै दाताराम सञ्जेल (१४६८) र वडा नम्बर ६ मा एमालेकै   भवानीप्रसाद लिङदम (८९३) विजयी भएका छन् ।

त्यसैगरी वडा नम्बर २ मा नेपाली कांग्रेसका डम्बर सुवेदी (५९९) र वडा नम्बर ३ मा कांग्रेसकै यामप्रसाद लामा (७४३) विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार