चेतन आङथुपो
चुलाचुली : इलामको चुलाचुली गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित बहुमत सदस्यमा नेकपा एमालेले जितेको छ ।
चुलाचुलीको अध्यक्षमा एमालेका प्रदिपचन्द्र राई ३४९३ मत प्राप्त गर्दै विजय भएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका राजेन्द्र केरूङले ३१४९ मत पाए । त्यस्तै उपाध्यक्षमा एमालेकै निर्मला दाहालले ३०३४ मत प्राप्त गरि विजयी भएकी छिन् । उनकी निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसकी लक्ष्मी मिश्रले २३९५ मत पाएकी छिन् ।
६ वटा वडा भएको चुलाचुलीमा १ र ३ नम्बर बाहेक सबै वडामा एमालेले प्यानल नै जितेको छ । वडा नम्बर १ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्यानलै जितेको छ । सो वडामा मञ्चका पूर्ण लावती विजयी भएका छन् । उनले ७०७ मत पाएका थिए ।
वडा नम्बर २ मा एमालेका रणबहादुर लिम्बूको प्यानल र वडा नम्बर ३ मा नेपाली कांग्रेसका नरेन्द्र लावतीको प्यानलै विजय भएको छ ।
त्यस्तै वडा नम्बर ४ मा एमालेका कालिदास भट्टराईको प्यानल, वडा नम्बर ५ मा एमालेकै चन्द्रकुमार थापा र वडा नम्बर ६ मा एमालेकै हेमन्त राईको प्यानलै विजय भएको छ ।
इलाममा यसभन्दा अगाडि सन्दकपुर गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ । यहाँ नेकपा एमालले जितेको छ । इलाममा दुई गाउँपालिकामा एमालेले जित्दै अग्रता कायमै राखेको छ ।