पाँचथरको ताजा परिणाम (कस्ले कहा जित्यो ? )

नयाँ बुलन्द

पाँचथर : पाँचथरका ७ गाउँ पालिका मध्ये ३ वटा को परिणाम सार्बजनिक भएको छ । जसमध्ये तुम्बेवा गाउँपालिका बाट एमाले माओवादी गठवन्धनका देबेन्द्र खत्रिलाई हराउदै होम थापा प्रमुखमा निर्वाचित भएका छन् भने एमाले माओवादी गठबन्धनका धन साँवा उपाध्यक्ष मा विजयी बनेका छन् ।

कुम्मायक गाउँपालिकामा कांग्रेस राप्रपा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका अध्यक्षका उम्मेद्धार बम लावती लाई हराउदै नेकपा एमालेको प्यानलै विजयी भएको छ । प्रमुखमा जय ब. चेम्जोङ र उपप्रमुखमा सिता आचार्य विजयी बनेकी हुन् ।

यस्तै जिल्लाको हिलिहाङ गाउँपालिकाका ७ वटै वडा बाट एमाले प्यानल सहित प्रमुखमा भूवानि लिङदेन र उपप्रमुखमा सुमित्रा सेढाइ विजयी बनेका हुन् । उक्त गाउँपालिका बाट कांग्रेसका ३ जना मात्रै वडा सदस्यमा विजयी भएका छन् ।

बाँकी ४ गाउँपालिका मध्ये १ मा माओवादी र ३ मा कांग्रेस झिनो मतान्तरले अगाडी छ भने जिल्लाको १ मात्रै फिदिम नगरपालिकामा समेत कांग्रेसले अग्रता कायम राखेको छ । आज साँझ सम्ममा नगरपालिका बाहेक अन्यको मत परिणाम सार्बजनिक हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार