नयाँ बुलन्द
सन्दकपुर : इलामममा नेकपा एमाललेले प्रमुखमा जितको खाता खोलेको छ । सन्दकपुर गाउँपालिकामा नेकपा एमालेका उदय राइ विजयी भएका छन् । १० स्थानीय तह रहेको इलाममा सन्दकपुर गाउँपालिका जित्दै एमालेले जिल्लामै पहिलो जितको खाता खोलेको हो ।
राइले ४५२९ मतका साथ अध्यक्षमा विजयी भएका हुन् । उनका निकटम प्रतिष्पर्धी नेपाली कांग्रेसका देवेन्द्र सुवेदीले २३५४ मत मात्र प्रप्त गरेका थिए ।
उपाध्यक्षमा पनि नेकपा एमालेकी शोभा पराजुली ३९३० मतमका साथ विजयी भएकी छिन् । उनी निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसकी सविता गुरूङले २१७२ मत प्राप्त गरिन् ।
५ वटा वडा रहेको सो गाउँपालिकामा एक वडाध्यक्ष र एक सदस्य (१ नम्बर वडाको) माओवादी केन्द्रले र २५ स्थानमा एमालेका उम्मेदवार विजयी भएका छन् ।