संघीय समाजवादी फोरमले खाता खोल्यो, नरैनापुरमा ईस्तियाक विजयी

नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिकामा संघीय समाजवादी फोरमले प्रमुख उपप्रमुखसहित ३ वडामा जीत निकालेको छ । ६ वडा रहेको सो गाउपालिकामा असार १४ गते भएको निर्वाचनमा १२ हजार १ सय ८८ मत खसेको थियो ।

यो गाउँपालिकामा संघीय समाजबादी फोरम नेपालका गाउँपालिका प्रमुखका उम्मेदवार शम्भु मियाँ उपनामका ईस्तियाक अहमद शाहले ४०८० मतले प्रमुख पदमा जितेका छन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका उम्मेदवारले ३१८८ मत ल्याए ।

त्यस्तै उपप्रमुखमा जयन्ती देबी श्रीबास्तवले ३०४४ मतले विजयी भईन उनको निकटतम प्रतिद्धन्दी नेपाली काँग्रसका उम्मेदवारले २५९८ प्राप्त गरेको निर्वाचन अधिकृत गोर्खबहादुर थापाले जानकारी दिए ।

६ वडा रहेको नरैनापुरमा वडा नं. १, २ र ४ मा संघीय समाजवादी फोरमका उम्मेदवारहरु क्रमशः मोलहे बेहना, मसुद अहमद साह दिनेश प्रसाद शर्मा विजयी भएका छन् । भने वडा नं. ३, ५ र ६ मा नेपाली कांग्रेसका उम्मेदवार वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार