इलाम नगरपालिका १० मा एमालेको प्यानलनै विजयी

इलाम : इलाम नगरपालिका वार्ड नं १० गोदक रोम बहादुर मगरले एक हजार एक सय ८७ मत सहित एमालेको प्यानलनै विजयी भएको छ ।

योसगैँ इलामको ८१ वटा वडामध्ये १३ वटा वडाको अन्तिम मतपरिणाम आएको छ । जसमा नेकपा एमालेले सात वटा स्थानमा प्यानलसहित विजयी भएको छ भने नेपाली कांग्रेस तीन स्थानमा प्यानलसहित विजयी भएको छ भने एक स्थानमा वडाध्यक्षमा विजयी भएको छ ।

सघिंय लिम्बुवान राष्ट्रिय मञ्चले एक स्थानमा विजयी हासिँल गरेको छ । माओादी केन्द्रले पनि एउटा वडामा जीत हासिँल गरेको छ । इलाम नगरपालिकाको पछिल्लो मतपरिणाम भने १२ वटा वडाहरुमध्ये तीन वटा वडा सहित मेयरमा नेकपा एमालेका तर्फबाट २८४३,उपमेयरमा २८६३ मतसगैँ अग्रता कायम गरेको छ ।

यस्तै नेपाली कांग्रेसबाट मेयरमा २३५१,उपमेयरमा २३३४ मतले दोस्रो स्थानमा रहेको छ । माओवादी केन्द्रले मेयरमा ४०८ र उपमेयरमा ४२४ मतका साथ पछ्याउदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार