नरेन इलामेली
नयाँबजार : इलामको माइजोगमाइ ६ मा वडा अध्यक्षसहित पाँचै पदमा नेकपा एमालेको प्यानल विजयी भएको छ ।
वडा अध्यक्षमा भवानीप्रसाद लिङ्दम ८९३ मतका साथ विजयी बने । उनले निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका रोहितकुमार थेवेले ४०५ मत मात्र पाएका थिए ।
एमालेका तर्फबाट महिला सदस्यमा सोमकुमारी साउदेन ८७०, दलित महिला सदस्यमा यामकुमारी परियार ८६१, खुला सदस्यहरूमा छिरिङ शेर्पा ८४६ र विजय प्रसाद थेवे ८३६ मतका साथ विजयी भएका छन् ।
उनीहरूका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका महिला सदस्यकी उम्मेद्वार केशकुमारी दहालले ४२९, दलित महिला सदस्यले कला दर्जी ४०३, खुल्ला सदस्यमा रामचन्द्र गुरुङ ४४८ र असोक चेङ्मेले ४०४ मत पाएका थिए ।
गाउँपालिकाको अध्यक्षमा एमालेले २०८२, नेपाली कांग्रेसले १३१४, माओबादी केन्द्रले १६०, संघीय समाजबादी फोरमले १२ मत पाएका थिए । उपाध्यक्षमा एमालेले १९२३, कांग्रेसले १३०३, माओबादीले २२० र संघीय समाजबादीले ८८ मत पाएका थिए ।