माइजोगमाई गाउँपालिकाको मतगणना पुनः सुरू

नरेन इलामली

नयाँबजार : माइजोगमाई गाउँपालिकाको मतगणना पुनः सञ्चालन भएको छ ।

वडा नम्बर ६ को मतगणना भइरहेको अवस्थामा नेकपा एमालेले सार्वजनिक स्थलमा आचारसंहिता विपरित भोजभतेर आयोजना गरेकोमा अन्य दलहरुले आपति जनाएपछि स्थगित भएको मतगणना कार्य प्रमुख निर्वाचन अधिकृत अभिकेश्वर पोख्रेलको पहलमा १ घण्टा पछि सुचारु भएको हो ।

सो घटना भएको तत्कालै मुख्य निर्वाचन अधिकृत ले सर्वदलिय बैठक गरेर समस्याको समाधान गरि एक घण्टा पछि नै मतगणना सुचारु भएको हो ।

हाल सम्मको वडा नम्बर ६ को वडा अध्यक्षको मत परिणाम निम्नानुसार नेपाली कांग्रेसका रोहितकुमार थेवेले ४२, नेकपा एमाले भवानीप्रसाद लिङ्दमले ७६, माओबादी केन्द्रका थलाङ लिम्बूले र ४ संघीय समाजबादी फोरमका ललित बहादुर थेवेले २ मत प्राप्त गरका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार