फाकफोकथुक १ मा कांग्रेस प्यानलै विजयी

नयाँ बुलन्द

आमचोक :  इलामको फाकफोथुम गाउँपालिका १ मा वडाध्यक्ष सहित नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा कांग्रेसका टेकबीर लिम्बूले ६४९ मतका साथ विजयी भएका छन् ।

उनका निमटतम प्रतिष्पर्धी नेकपा एमालेका बेगबहादुर निरौलाले ४४० मत मात्र पाएका थिए । कांग्रेबाट महिला सदस्यमा लक्ष्मीमाया राइ ६४९, दलित महिला सदस्यमा सीता बराइली ७४४, खुला सदस्यहरूमा डम्बरबहादुर पौड्याल ६७५ र बालकृष्ण भट्टराइ ६१७ मतका साथ विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार