सुर्योदय नगरपालिकामा सबै मतपेटिका प्राप्त

सुजता सुनुवार

इलाम : इलामको सुर्योदय नगरपालिकामा विभिन्न मतदान स्थलबाट मतपेटीका  सुर्योदय नगरपालिका ल्याइ सकिएको छ ।

१४ वडा रहेको सुर्योदय नगरपालिकाका २१ स्थल, ४७ केन्द्रका सबै मतपेटिका प्राप्त भइसकेको सुर्योदय नगरपालिकाका निर्वाचन अधिकृत राजेन्द्र भट्टराईले जानकारी दिए ।

चार नगरपालिका ६ गाउँपलिका सहित १० स्थानिय तह रहेको इलामको सुर्योदय नगरपालिकामा  साझ नौ बजे नै मतपेटिका प्राप्त भइसकेको बताइएको छ । कति मतपेटिका प्राप्त भए भनेर गणना गर्न थालिसकेको र केहि समयमा नै सर्वदलिय बैठक बस्ने अधिकृत भट्टराईले जानकारी दिए ।

७२ जनप्रतिनिधि छनौट हुने सुर्योदय नगरपालिकामा ३९ हजार चार सय ६७ जना मतदाताले मतदान गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार