राजपाले सरकारलार्इ दिएको समर्थन फिर्ता लिने

नवलपरासी :  राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का वरिष्ठ नेता हृदय त्रिपाठीले पार्टीले सरकारलाई दिएको समर्थन असार १४ गतेको  निर्वाचन लगत्तै फिर्ता लिने बताएका छन् ।

नवलपरासीको बेलाटारीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै त्रिपाठीले देउवा सरकारलार्इ दिएको सर्मथन फिर्ता लिनका लागि आफूहरुले प्रकृया सुरु गरिसकेको खुलासा गरे । ‘देउवा सरकारलार्इ दिएको समर्थन असार १४ गतेको निर्वाचन लगत्तै  फिर्ताहुन्छ । त्यसका लागि संसदीय दलमा जानकारी दिनेलगायतका प्रकृयाहरु सुरु भइसकेका छन्,’ नेता त्रिपाठीले भने।

उनले प्रदेश नम्बर २ लाई एक्लो बनाएर चुनाव गर्न खोजिएको भन्दै आक्रोश व्यक्त गरे । ुचुनावसम्मको समय सत्ता पक्षको  भएको बताउँदै त्यसपछि हाम्रो हुन्छ,   २ नम्बर प्रदेशबाटै आन्दोलनको घोषणा हुन्छ, उनले भने  ।

त्यस्तै त्रिपाठीले राजापाले चुनावमा अवरोध सिर्जना नगर्ने बताउँदै तराईंबाट सेना फिर्ता गर्न सरकारलाई आग्रह  गरे । उनले निर्वाचन केन्द्रलाई नबिथोल्ने,  अरु दलका कार्यकर्तालाई पनि मतदानमा सहभागी हुने अधिकारलाई वञ्चित नगर्ने तर   निर्वाचनको औचित्यका बारेमा जनतालाई स्पष्ट पार्दै हाम्रा कार्यकर्ता र समर्थकले  निर्वाचन बहिष्कार गर्ने र गर्न खोजेको स्पष्ट पारे ।

‘ सरकार राजपासँग आतंकित भएर अनावश्यक रुपमा सेना, प्रहरी परिचालन गरेर चुनावलाई व्यारेकिकरण गर्न लागेको छ । हामी चुनावमा अवरोध गर्दैनौँ आजैबाट सरकारले सेना प्रहरीलाई तराई मधेसबाट फिर्ता लगे हुन्छ, उनले भने ।

उनले सेना प्रहरी परिचालन गरेर तराई मधेसलाई आतंकित बनाउने काम भएको बताउँदै चुनावलाई बिथोल्ने र बुथ कब्जा गर्ने कार्यक्रम पार्टी नरहेको स्पष्ट पारे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार