इलामका नौ वटै तहमा मतदान अधिकृतको टोली खटिए

सुजता सुनुवार

इलाम : दोस्रो चरणमा निर्वाचन हुने इलामका दशवटा स्थानीय तहका मतदान केन्द्रहरुका लागि  मतदान अधिकृत र कर्मचारीहरू खटाउन थालिएको छ ।

निर्वाचनका लागि आवश्यक सामाग्रीको साथमा जिल्लाका चार नगरपालिका,  छ गाउँपालिका सहित ८१ वटा वडाका कार्यक्षेत्रमा कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत नवराज दाहालले जनाकारी दिए । उनका अनुसार फाकफोकथुम, चुलाचुली, माइजोगमाई र माङसेबुङ गाउँपालिकाका मतदान केन्द्रहरुमा सुरक्षाकर्मी तथा मतदान अधिकृत सहित कर्मचारीको टोलि खटाइएको हो ।

यस्तै सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, रोङ गाउँपालिका, सन्दकपुर गाउँपालिका र माइ नगरपालिकाका मतदान केन्द्रमा मतदान अधिकृत सहितको टोलिलाई पठाइ सकिएको कार्यलयले जनाएको छ ।

टोलिले निर्वाचनमा आवश्यक ६४ प्रकारकै निर्वाचन सामाग्री लिएर जान थालेको बताइएको छ । कार्यलयका अनुसार इलाम नगरपालिकाका मतदान केन्द्रमा भने भोली मात्र कर्मचारी खटाइनेछ ।

जिल्लामा निर्वाचनका लागि जम्मा पन्ध्र सय कर्मचारी खटिदै छन् । त्यसमा चार सय ९० जना स्वयंसेवक र १८ सय जना सुरक्षाकर्मी र आठ सय ४३ जना म्यादि प्रहरी खटिदैछन् ।

जिल्लाका  ८१ वडामा एक सय ४४ मतदान स्थल र दुई सय ४९ मतदान केन्द्र रहेका छन् । खटीने कर्मचारीले ११ गतेदेखि १३ गतेसम्म मतदाता परिचयपत्र वितरण गर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार