विप्लव समूहका ५ कार्यकर्ता पक्राउ

नयाँ बुलन्द

पाँचथर : प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका पाँचजना कार्यकर्तालाई बिहीबार पक्राउ गरेको छ ।

चुनाव विरोधी गतिविधिमा संलग्न भएको भन्दै पाँचथरका विभिन्न स्थानमा चुनाव बिथोल्ने योजना बनाइरहेका बेला उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विज्ञान वस्नेतले जानकारी दिए ।

पक्राउ पर्नेमा ताप्लेजुङ साब्लाखुका मुस्कान लिम्बू, फाल्गुनन्द–५ का जितबहादुर चेम्जोङ, धनकुटा पाख्रिबास–३ का संघर्ष परियार, फाल्गुनन्द–४ का विजय नेम्बाङ र फाल्गुनन्द–५ का कविराज चेम्जोङलाई पाँचथरको विभिन्न स्थानबाट पक्राउ गरिएको वस्नेतको भनाइ छ ।

उनीहरुलाई थप अनुसन्धान गरी सार्वजनिक मुद्दा दर्ता गरिने जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार