पति वडा अध्यक्ष र पत्नी गाउँपालिका उपप्रमुखका प्रत्यासी

सुजता सुनुवार

इलाम : इलामका एउटै परिवारबाट पतीपत्नी नै स्थानीय तहको निर्वाचनमा प्रत्यासी बनेका छन् । नेपाली कांग्रेसका तर्फबाट सन्दकपुर गाउँपालिका वडा नम्बर ५ मा अध्यक्ष पदका लागि दिपेश गुरुङ्गले उम्मेद्वारी दर्ता गराएका छन् । सोही पार्टीबाट गाउँपालिकाको उपप्रमुख पदमा दिपेशकी पत्नी सविता गुरुङ्गले उम्मेद्वारी दर्ता गराएकी सन्दकपुर गाउँपालिकाका निर्वाचन अधिकृत ऋदि निरौलाले जानकारी दिए ।

‘दुवै जनाले राजनीनित र सामाजिक काममा रुची राखियो,’ भोट माग्न व्यस्त गुरुङ्गले भने,  ‘रहर भन्दा पनि समाज सुधार्ने अभियानमा लाग्दालाग्दै दुवै जना उम्मेद्वार बनेका हौ ।’ गाउँ कमिटिका पार्टी सभापति समेत रहेका  गुरुङ्गले दुवै जनाको सामाजिक सेवामा लगाव देखेर नै समाज र पार्टीले आफूहरूलाई रोजेको बताउँछन् ।

५ वडा रहेको सन्दकपुर गाउँपालिकाबाट ९४ जनाले उम्मेद्वारी दर्ता गराएको मूख्य निर्वाचन कार्यलय इलामले जनाएको छ । यस गाउपालिकामा ११ हजार छ सय २९ जना मतदाता रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार