नयाँ बुलन्द
चुलाचुली : इलामको चुलाचुलीमा तीन दिवसीय सुरक्षित वैदेशिक रोजगार तथा महिला नेतृत्व विकास तालिम बुधबार सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति, जिल्ला महिला समन्वय समिति इलामको सहयोग र महिला समिति चुलाचुलीको आयोजनामा तालिम सम्पन्न भएको हो ।
तालिममा चुलाचुलीका ३८ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिमका सहभागीहरुलाई जिल्ला समन्वय समिति इलामका सामाजिक विकास अधिकृत रामकुमार लिम्बू (योङहाङ) र श्याम सेम्बोले सहजीकरण गरेका थिए ।
महिला समिति चुलाचुलीका उपाध्यक्ष रमा परियारको अध्यक्षतामा सम्पन्न समापन समारोहमा प्रमुख अतिथी चुलाचुली गाउँपालिकाका कार्यकारी अधिकृत छविलाल खतिवडाले सहभागीहरुलार्य प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी खतिवडाले तालिममा सिकेका सीपहरुलाई व्यवहारिक जीवन र समुदायमा प्रयोग गरी समाज रुपान्तरणमा यपयोग गर्न सुझाव दिएका थिए ।
कार्यक्रममा सहजकर्ता सामाजिक विकास अधिकृत योङहाङ, आयोजक महिला समितिका तर्फबाट रमा फियाक, सहभागीका तर्फबाट रेणुका रिजाल, पवित्र पर्देवा र कला श्रेष्ठले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन महिला समतिकी सचिव हेमकला बस्नेतले गरेकी थिईन् ।