तीन महिला नेत्रीमात्र प्रमुख पदका उम्मेद्वार

इलाम नगरपालिकामा प्रमुख पदमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तर्फबाट उम्मेद्वार दिएकी निर्मला चेम्जोङ ।

सुजता सुनुवार

इलाम :  दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि इलामका तीन महिलाले प्रमुख पदमा उम्मेद्धारी दर्ता गराएका छन् । जिल्लाका इलाम नगरपालिकामा प्रमुख, सन्दकपुर गाउँपालिका र रोङ गाउँपालिकामा अध्यक्ष पदमा महिला नेतृहरुले मनोनयन दर्ता गराएका हुन् ।

इलाम नगरपालिका प्रमुख पदमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तर्फबाट निर्मला चेम्जोङ, सन्दकपुर गाउँपालिका अध्यक्षमा मंगोल नेशनल अर्गनाइजेशनका तर्फबाट बासुमाया गुरुङ र रोङ गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेद्वारबाट मेनुका राईले उम्मेद्वारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत नवराज दाहालले जानकारी दिए ।

एक लाख ८९ हजार दुइ सय ७४ मतदाता रहेको चार नगरपालिका र छ गाउँपालिकाको प्रमेख र उपप्रमुखमा ४३ जना महिलाले उम्मेद्वारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले जनाएको छ ।

उम्मेद्वारी फिर्ता लिएपछि जिल्लामा ४ सय २५ पदका लागि १५ सय ९४ जना चुनावी मैदानमा प्रतिष्पर्धा गर्ने भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार