सुजता सुनुवार
इलाम : स्थानीय तहको चुनावका लागि इलामको सन्दकपुर गाउँपालिकाको वडा नम्बर १ मा सासु बुहारीबिच प्रतिस्पर्धा हुँदै छ ।
वडाको दलित महिला सदस्यमा सासु दिलमाया कमिनी एमालेबाट र बुहारी सितादेबी विश्वकर्माले नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दर्ता गराएकी हुन् । सन्दकपुर वडा नम्बर १ को दलित महिला सदस्य पदमा अन्य उम्मेदवार नभएकोले सासु बुहारीबिचमा प्रतिस्पर्धा हुने पक्का भएको छ ।
एउटै पदका लागि दुवै जनाले असार ४ गते आइतबार देउरालीस्थित सन्दकपुर गाउँपालिकाको निर्वाञ्चन अधिकृतको कार्यालयमा गएर दलका तर्फबाट उम्मेदवारी दर्ता गराएका सन्दकपुर गाउँपालिकाका निर्वाञ्चन अधिकृत ऋदि निरौलाले बताए ।
वडामा दलित परिवार नभएकाले दुई जनाबाहेक अन्य दलित उम्मेदवार छैनन् । जिल्लाका चार नगरपालिका र ६ गाउँपालिका रहेको ८१ वडामा चार सय नौ जना जनप्रतिनिधि छनौट हुने छन् ।