गुमान सिंह तामांग आसन्न असार १४ मा हुन गईरहेको स्थानीय तहको निर्वाचनमा माओबादी केन्द्रका तर्फबाट दमक ७ को अध्यक्ष उम्मेदवार हुन् । उनलाई आफ्नो सक्ककी नामबाट चिन्ने कमै भएपनि भापुंग भन्दा सबैले चिन्ने गर्छन् । कुनै समय भापुंग दमक क्षेत्रको तेक्वान्दो र करातेको पर्याय जस्तै थियो । २०५२ देखि किक बक्सिङ र सितोरिया कराँते खेलमा स्वतन्त्र सहभागी हुँदै आएका गुमानसिंह २०५८ सालमा माओवादी पार्टीको क्रियासिल सदस्य बन्न पुगे । उनको सुरुवाती जीवनमा ठूला पार्टीका नेताहरुले बर्डीगार्ड राख्ने, निःशुल्क खेल प्रर्दशन गर्न लगाउने र आवश्यकता पर्दा गुण्डागर्दीमा प्रयोग गर्दै युवाहरुको शक्तिलाई रक्सि र मासुसँग नस्ट गरेको थाहा पाए पछि उनी सोच्न बाध्य भए कि नेपालमा त्यस समय अस्तित्वमा रहेका पार्टीले युवाको शक्ति, युवाको जोसलाई मात्र मिठो मसिनो खाना र आश्वसनमा मात्र प्रयोग गर्दा रहेछन् जसको बिरुद्दमा युवाहरुले आवाज उठाउन जरुरि थियो तर त्यति सहज भने थिएन ।
त्यसको अन्त्यको निम्ति नै अन्तिम विकल्पमा जनयुद्ध लडिरहेको तत्कालिन नेकपा माओवादी उनको नजरमा पर्न पुग्यो र यो २०५८ सालमा उनी माओबादी पार्टीमा प्रवेश गर्न पुगे । युवाहरुको समस्या र युवाहरुको अवस्थालाई बुझेपछि, युवा आफैले नेतृत्वमा देखिनु पर्ने रैछ भनी उनी पनि पार्टीको सक्रिय सदस्य बन्न पुगे । नेकपा एमालेका रोम ओली मेयरमा निर्वा्चित भएलगत्तै सुकुम्बासीहरुमा गरेको धरपकड पश्चात नै माओवादीसँग निकट हुनपुगेको उनि सुनाउँछन् । त्यससमय दमकमा बसोबास गरिरहेका सुकुम्बासीहरुलाई माओवादी जनमुक्ति सेनाको पहलमा पुनर्वासको बन्दोबस्त गरिएको थियो । आफु पनि सुकुम्बासी भएकोले माओबादीहरुले लगाएको गुनतिर्न आफु माओबादी बनेको उनको भनाई छ ।
भूमिगत राजनीतिमा सक्रिय नदेखिए पनि उनले जनआन्दोलन ६२।६३ मा सक्रिय सहभागी जनाएका गुमानसिंहको यात्रा त्यतिमै रोकिएन बिभिन्न मुक्ति आन्दोलन र माओवादी पार्टिको बन्दहड्तालको समयमा जुलसको अग्रपक्तिमा देखिने गुमानसिंह गौरादहमा एमाले र प्रहरीको निर्मम यातनापश्चात एक बर्षसम्म कोमा बस्नु पर्ने स्थितिमा पुगे । त्यो आन्दोलनले नै राजनितीक जीवन कस्तो हुँदो रैछ, भन्ने शिक्षा प्राप्त गरेको उनि स्वीकार गर्छन् ।
कुनै समय गुमानसिंहलाई कुखुरा व्यापारीले झापाको दमकबाट काठमाडौं सम्म कुखुरा लगेबापत दिनको ५ सय भत्ता दिन्थे । उनले त्यहि पैसाले पुरीको व्यापार शुरु गरे त्यो व्यापार पनिउनि जनयुद्दमा अप्रत्यक्ष लागेकोले खासै सफल भएन । १९ दिने आन्दोनको बन्दले त हातमुख जोर्न नै समस्या भयो । उनले त्यसपछि रोजगारीको लागि विराटनगर चिनी उधोगमा सेक्युरिटी गरे, त्यहाँ पनि भनेजति सेवा सुविधा थिएनन् । साहुको गाली मात्र खानु पर्दैन थियो, कहिलेकाहिँ त अपमानको शिकार पनि बन्नु पर्थ्यो । त्यसैकारण उनि बिराटनगर छोडेर काठमाडौँको रेनकाटे फिल्डमा गएर सप्लायर काम गर्न थाले । यो पनि वर्ष दिन नटिकेपछि दमकमा फर्किएर युवाहरुलाई रोजगार दिने उदेश्यले पूर्वेली सेक्युरिटी सर्भिस कम्पनी २०६७ सालमा स्थापना गरे । उनी यही कम्पनीलाई निरन्तर दिर्दै आउने क्रममा राजनितीक, सामाजिक नेतृत्वमा समेत अग्रसर देखिन पुगेका छन् ।
२०५४ सालतिर दार्जि्लिङको खर्साङमा पुगेर आमन्त्रीत अन्तराष्ट्रिय खेलमा किकबक्सिङ र कराँतेबाट पहिलो र दोस्रो पदक हात पारे । खेलबाट धेरै पदक र सम्मान पाएपनि खेल जीवनमा राज्यबाट सेवासुविधा नपाउने भएपछि पछि सरेका गुमासिंह तामाङले आफनो नेतृत्वमा २०५६ नवजनजागरण अभियान, २०५७ सालतिर दमकमै पहिलो फुड फेस्टिवल आयोजना गरे, २०६७ सालमा सरसफाइ अभियान अन्तर्गत दुइ घर एक डस्बीन अभियान गरे, हाल १ करोड २० लाख बजेटमा रतुवाखोला तटबन्दको काम सम्पन्न पछि रतुवाखोलामै १ सय मिटरमा २० लाख बजेटको काम भू–सरक्षण कार्यक्रम अन्तर्गत र जनसमुदायको श्रमबाट कामगरिरहेका गुमासिंहसँग नयाँबुलन्द डटकमले गरेको संक्षिप्त कुराकानीको अंश :
तपाई जस्तो इमान्दार मान्छेले राजनीति भन्दा सामाजिक सेवा गरेको भए हुँदैन थियो ?
नहुने नै भएर हो । अब राजनीतिमा असल र इमान्दारिता चाहिएको छ । म अन्तिम सम्म नै उम्मेदवारीको पक्षमा थीइन । तर अन्य पार्टीको उम्मेद्वारलाई मैले नजिकबाट चिनेको छु । जसले हाल दमक ७ को निकास दिन सक्दैनन् । त्यसैकारण मेरो उम्मेद्वारी हो । समाज रुपान्तरणको लागि म योग्य रहेकाले नै आफनो उम्मेद्वारी दिन आवश्यक ठानेको हुँ ।
तपाईले निर्वाचन जित्ने आधार छ ?
पहिलो कुरा त म युवा हुँ । मलाई सबै युवा साथीहरुको साथ र समर्थन छ । म युवा भएपनि मैले अग्रजलाई सम्मान गर्ने गरेको छु । यो वडामा गर्ने राजनीतिक गतिविधि शुन्य रहेकाले ५ वर्षमा वडामा धेरै परिवर्तन गर्ने सकिने, रतुवाखोला नजिकै रहेका सुकुम्वासी क्षेत्रमा जग्गाको विवाद, सडक कालोपत्रे, नदि नियन्त्रणमा मेरो अगुवाई भईरहेको छ, त्यसैगरी समाजलाई समृद्धि र रुपान्तरण गर्ने अग्रणी भूमिकानिर्वाह गरिरहेको छु । तसर्थ म चुनाव जित्छु ।
निर्वाच जित्नमा कस्ता चुनौती देख्नु भएको छ ?
हामीले गरिरहेको गतिविधिमा सोझा जनतालाई पैसा र रक्सी खुवाएर केही शक्तिले साधारण जनताहरुमा भ्रम फैलाएका छन् । यहाँ अहिले संचालनमा रहेका बिभिन्न योजना र कामहरुलाई पुरानाशक्तिहरुले आफ्नो पहलमा भएको भन्दै हिडिरहेका छन् । तर हिजो यहाँका जनताले डोजर लगाएर आफुलाई सुकुम्बासी बनाएको भुलेका छैनन् । उनीहरुले छरेको भ्रम छर्न त्यति सजिलो छैन तर दमक ७ का जनताले बुझिसके ।
जनताले तपाइबाट के कुरा आशा गरेका छन् ?
म एउटा जुझारु युवा हुँ । मैले आजसम्म दमकमा भएका राम्रा कामहरुलाई जसले गरेपनि सहयोग र समर्थन गरेको छु । युवाहरुलाई बिदेशिनबाट रोक्न रोजगारीको बाटोमा हिडाएको छु । विकृती–विसङगतीमा लागेको युवालाई सहि बाटो हिड्न सिकाएको छु, यसको निरन्तरता चाहेका छन् जनताले । बिकासको मूल फुटाउनु पर्छ भन्ने आम जनताको अपेक्षा रहेको छ भने सुकुम्बासीहरुले बिजयको सपना देख्न थालेका छन् । त्यो सपना भनेको माटोको सपना हो । लालपुर्जाको सपना हो । यसलाई म पुरा गरेर छोड्छु ।
अरु उम्मेदवार भन्दा तपाई किन फरक हुनुहुन्छ ?
उनीहरुले गरेको गतिविधिमा जनतालाई सधै तल पार्ने, उल्टै समस्यामा पार्ने र दुखदिने काम गरेका छन् । सुकुम्बासीलाई झुण्डमा राखेर जेलको व्यहार गरेका छन् । म आफै सुकुम्वासी हुँ तसर्थ सुकुम्बासीको समस्या र पिडा मसँग छ तसर्थ म सुकुम्बासीको समस्या ज्यानको बाजी राखेर गर्न सक्छु । त्यसैले म जजजातिको प्रतिनिधि पनि हुँ । भाषणमा समावेशी र समानता र उत्पीडित त्यसैगरी विभिन्न आन्दोलनमा घाइतेहरुलाई स्थान दिनुपर्छ भन्नेहरु मेरा प्रतिस्पर्धी बनेकाछन् । यो जनताको लागि खुसीको खबर हैन त्यसकारण अब गुमान सिंहलाई जनताले रोक्ने छैनन् । म मेरो जीवन दमक ७ को बिकासमा खर्चने छु ।
तपाइले निर्वाचित भएपछि काम गर्ने कस्ता योजना बनाउनु भएको छ ?
करिव दूई दर्जन योजनाको तयारी गरिरहेको छु । पार्टीले ल्याएको एजेण्डाको सेरोफेरोमा रहेर स्थानीय विकाससँग सम्बन्धित योजना छन् , त्यसमा सवैको पहुँचमाशिक्षा, विद्यालयमा इ–लाइवेरीको व्यवस्थापन, स्वस्थ्यको लागिजीवन, एक घर एक धारा ,व्यवस्थित खोनपानीको व्यस्थापन, सार्वजनिक शौचालय व्यवस्थापन, युवाहरुलाई खेल प्रशिक्षण केन्द्र, स्वरोजगारको उच्च प्राथमिकता, फिजियो थेरापि, असहायआश्रम, घरघरमै बृद्धा भत्ता लगायतको योजनाहरु छन । समग्रमा दमक ७ लाई कसरि संमृद्ध बनाउन सकिन्छ सोचिरहेको छु ।