दृष्टि बिहिनहरुलाई एन्ड्रोइट फोन

नयाँ बुलन्द

इलाम : एन्ड्रा नेपाल र अपाङ्ग एकता समाजको आयोजना तथा जिल्ला समन्वय समितिको सहयोगमा इलामका दृष्टिबिहिन व्यक्तिहरुका लागि सोमबार एन्ड्रोयिड मोवाइल (फोन) वितरण गरिएको छ । साथै सोही अवसरमा प्रवोधिकरण कार्यक्रम समेत सम्पन्न भएको छ ।

कार्यक्रममा खगेन्द्र खनाल, मणीफत्र लिम्बू, सिला राई, रीता सुब्बा तथा हेमकुमारी घिमिरेलाई मोवाइल बितरण गरिएको समाजका सचिव प्रकाश चापागाईंले जानकारी दिए ।

महासंघका अध्यक्ष प्रकाश थापाको अध्यक्षता तथा स्थानीय बिकाश अधिकारी ध्रुबबहादुर खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न कार्यक्रममा दृष्टिबिहिन व्यक्तिलाई उच्च शिक्षा अध्ययन गर्न सहयोग पुर्याउने उदेश्यले मोबाइल बितरण गरिएको वताइएको छ ।

कार्यक्रममा शिक्षक महासंघ इलामका अध्यक्ष पुर्ण गौतम, स्थानीय बिकाश अधिकारी खड्का लगायतले मन्तब्य राख्दै अपाङ्गता भएकाहरुलाई सहयोग गरेकोमा धन्यवाद समेत दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार