सुजता सुनुवार
इलाम : दोस्रो चरणको चुनावका लागी इलाममा प्रमुख पदमा दुई जनाले स्वतन्त्र उम्मेद्वारी दर्ता गरेका छन् ।
प्रमुख पदका लागी जिल्लाको इलाम नगरपालिकामा राजेन चेम्जोङ र माई नगरपालिकाबाट प्रदिप तामाङ्गले उम्मेद्वारी दर्ता गराएको मुख्य निर्वाञ्चन कार्यलय इलामले जनाएको छ ।
कार्यलयका अनुसार जिल्लामा सात वटा दलले मनोनयन दर्ता गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातान्त्रिक पार्टी, संघीय समाजवादी फोरम, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च र नयाँ शक्ति नेपालले मनोनयन दर्ता गरेको मुख्य निर्वाञ्चन अधिकृत नवराज दहालले जानकारी दिए ।
ठूला तथा साना दल र स्वतन्त्र उम्मेद्वार गरी ४ सय २५ पदका लागि १६ सय एकको उम्मेद्वारी दर्ता भएको छ ।