जीवन लिम्बू
इलाम : नेपाल प्रहरी सेवामा महिला प्रहरीले पनि परुष जस्तै अपराधको विरुद्धमा लड्न सक्छन् भन्ने सन्देश वोकेको नेपाली कथानक चलचित्र “तारेभीर” गत साताको शुक्रबारदेखि देश व्यापी रुपमा प्रदर्शमा भईरहेको छ ।
महिला सशक्तिकरणको पक्षमा निर्माण गरिएको चलचित्रले राम्रो व्यापार गरिरहेको छ । अत्याधिक चर्चा परिचर्चाका पछि प्रदर्शनमा आएको “तारेभीर” हेर्नका लागि प्रत्येक चलचित्र भवनमा दैनिक दर्शकहरुको भीड लाग्ने गरेको छ ।
“तारेभीर” ले निकै राम्रो सफलता हासिल गरिरहेको छ । शनिवार मात्रै चलचित्रले ८० प्रतिशत अकुपेन्शि कव्जा गर्न सफल भयो । व्यापारिक हिसावले पनि चलचित्रले सफलता हासिल गरेको छ । जसको श्रेय निर्माण पक्षले सम्पुर्ण दर्शकहरुलाई नै दिएको छ । निर्माण पक्षले सम्पुर्ण दर्शकहरुको साथलाई सम्मान गर्दै धन्यवाद समेत ज्ञापन गरेका छन् ।
चलचित्रमा विशेष गरेर एक्सनका सिनहरुलाई दर्शकहरुले निकै नै खुलेर प्रशंसा गरेका छन् । चलचित्रका नायिका विष्णु चेम्जोङ र रेखा फागोले निकै कसरत गरेर दिएका एक्सनका सिनहरुले दर्शकहरुको मन जित्न सफल वनेको देखिन्छ । त्यस्तै गरि एउटा महिला प्रहरीले अपराध र अपराधिलाई कसरी चुनौति दिन्छन् भन्ने कुरा चलचित्रमा देखाउन खोजिएको छ यो पनि चलचित्रको अर्का एउटा दरिलो पक्ष हो ।
देउकृष्ण देवानको निर्माण, प्रेम सुब्बाको निर्देशनमा बनेको चलचित्रको नेक्स्ट जेनेरेशन इन्टरटेन्मेन्ट कम्पनिको प्रस्तुति रहेको छ । चलचित्रमा विष्णु चेम्जोङ, रेखा फागो, रमेश सिंह, निर्देशक सुब्बा, निर्माता देवाल, दिपेश श्रेष्ठ, अजयकुमार माझी, मञ्जु श्रेष्ठ, रंजित राना, निर्मल शर्मा लगायतका कलाकारको मुख्य अभिनय रहेको छ ।
चलचित्रमा युवराज राईको नृत्य, जनक गुरुङको द्वन्द, रामप्रसाद चौधरीको सम्पादन र प्रकाश गुरुङ, सनुप पौडेल र ब्रविम शेर्माको संगित समावेश रहेको छ ।