नरेन इलामेली
माइजोगमाइ : दोश्रो चरणको निर्वाचन हुने प्रदेश नं १, ५, र ७ मा उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ ।
इलामको माइजोगमाई गाउँपालिकामा पनि व्यापक जनसहभागिता र तामझामका साथ मनोनयन दर्ता सम्पन्न भएको छ। माइजोगमाई गाउँपालिकामा सक्रिय नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनमुक्ति पार्टि गरि ५ वटा राजनैतिक दलले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
नेपाली कांग्रेस ले अध्यक्षमा पेम्बाछिरी शेर्पा, उपाध्यक्षमा लोकमाया थेवेको नाम दर्ता गराएको छ । नेकपा एमालेले अध्यक्षमा जितबहादुर राई र उपाध्यक्षमा सावित्रा भट्टराई, माओवादी केन्द्रले अध्यक्षमा देविभक्त सिवाकोटी र उपाध्यक्षमा संगिता थामीलाई अघि बढाएको छ । संघीय समाजबादी फोरमले अध्यक्षमा धनसिह लिम्बु र उपाध्यक्षमा पासाङ दिकी शेर्पाको नाम दर्ता गराएको छ
। त्यस्तै नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रले वडाका सबै पदमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् भने संघीय समाजबादी फोरमले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा नं ४ मा मात्र उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । राष्ट्रिय जनमुक्ति पार्टीले वडा नं ६ मा मात्र उम्मेदवारी दर्ता गराएका छन् ।
जम्मा ३२ प्रतिनिधीका लागि विभिन्न राजनैतिक दलबाट १०८ जनाको उम्मेदवारी दर्ता भएको माइजोगमाई गाउँपालिकाका मुख्य निर्वाचन अधिकृत अभिकेश्वर पोख्रेलले नयाँ बुलन्दलाई जानकारी दिएका छन् ।