कपिलबस्तुमा बम विस्फोट, ९ जना घाइते

कपिलबस्तु : कपिलबस्तु जिल्लाको बाणगंगा नगरपालिका ४ गजेहडामा आइतबार बिहान बम विस्फोटा भएको छ । बम विस्फोटका कारण ९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा चार जना गम्भीर रहेको बताइएको छ । गम्भीर घाइते हुनेमा विजय थारु, साहबुद्दिन मनिहार र शेषराम गुप्ता र लालबहादुर थारु छन् ।

बम विस्फोट विप्लव समूहले गराएको प्रहरीले आशंका गरेको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानलको उम्मेदवारी दर्ता गर्न गइरहेको बेलामा विस्फोट भएको थियो ।

विस्फोटमा घाइते भएका अधिकांश कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उद्दार गरेर अस्पताल लगिएको प्रहरी नायव निरीक्षक प्रकाश केसीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार