नेकपाका झापा इन्चार्ज पक्राउ

नयाँ बुलन्द

झापा :  विप्लव समुहको नेपाल कम्युनिष्ट पार्टीका झापा इन्चार्ज कृष्ण अधिकारी पक्राउ परेका छन् ।  निर्वाचन बिथोल्ने खालका गतिबिधिमा संलग्न अधिकारीलाई आइतबार(आज) प्रहरीले झापाको डुडामारीबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक हरि शर्माले दिएको जानकारी अनुसार निर्वाचन बिथोल्न सक्ने आशंकामा अधिकारीलाई पक्राउ गरिएको हो ।

झापा प्रहरीले निर्वाचनको वातावरण बिगार्न खोज्ने समुहको पहिचान गरी त्यस्ता समुहका ब्यक्तिलाई धमाधम पक्राउ गर्न थालेको छ । एकहप्ता अघि प्रहरीले बिप्लव समुहका जिल्ला स्तरीय नेताहरुलाई झापाको बिर्तामोडबाट पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार