
नयाँ बुलन्द
तेह्रथुम : तेह्रथुममा शान्तिपूर्ण रुपमा दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । दुई नगरपालिका र चार गाउँपालिका गरी ६ वटा स्थानीय तह रहेको तेह्रथुममा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बाजागाजा र र्यालीसहित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ता गराएका छन् ।
कांग्रेसले तेह्रथुममा मेयर उम्मेदवार रणविक्रम लिम्बु (कमल) र उपमेयरमा उमादेवी कार्कीसहित नेता कार्यकर्ता सम्मिलित र्यालीले म्याङलुङ्ग बजार परिक्रमा गरी उम्मेदवारी दर्ता गराएको हो ।
एमालेले पनि मेयर उम्मेदवार सन्जयकुमार तुम्बाहाम्फे र उपमेयर उम्मेदवार पार्वता सानु डाँगीसहित नेता कार्यकर्ताको र्याली पार्टी कार्यालयबाट निकालेर सिधै निर्वाचन कार्यालय लिएर पुगेर उम्मेदवारी दर्ता गराएको छ ।चुनावलाई केन्द्रीत गरेर जिल्लाभर सुरक्षा व्यवस्था चुस्त बनाइएको डिएसपी भाग्येन्द्र पुरुष ढकालले बताए ।





















































