विराटनगरमा ससफो र माओवादीबीच तालमेल

विराटनगर : संघीय समाजवादी फोरम र माओवादी केन्द्रबीच विराटनगर महानगरपालिकाको चुनावमा तालमेल गरेर जाने सहमति भएको छ । मोरङ जिल्लाका अन्य स्थानीय तहमा पनि दुई पार्टीबीच मिलेर चुनाव लड्ने सहमति बनेको छ ।

विराटनगर महानगरपालिकामा संघीय समाजवादी फोरमले मेयर र माओवादी केन्द्रले उपमेयरमा चुनावी तालमेल गर्ने सहमति गरेका हुन् । संघीय समाजवादी फोरमले मेयरमा उमेश यादव र माओवादी केन्द्रले नमिता न्यौपानेलाई उपमेयरमा अघि सारेको छ ।

जिल्लाका अन्य स्थानीय तहमा पनि तालमेल गरेर अघि बढ्ने सहमति बनेको बताइएको छ । मोरडमा १ महानगरपालिकासहित १७ स्थानीय तह छ । विराटनगरमा हिजो मात्रै नेकपा एमाले र नेपाल लोकतान्त्रिक फोरमबीच तालमेल भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार