संघीय समाजवादी फोरम माङसेबुङ गाउँपालिका, इलामको प्रतिवद्धता-पत्र

‘पहिचान र अधिकार सहितको सङ्घीयता देशको स्वाभिमान

समतामूलक समृद्धि र स्थानीय विकास हाम्रो अभियान !’

हाम्रो प्रतिवद्धता

आदरणीय माङसेबुङ गाँपालिकाबासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू,

स्थानीय तहको निर्बाचन २०७४ का लागि माङसेबुङ गाउँपालिकामा सङ्घीय समाजवादी फोरम नेपालको तर्फाट आदरणीय सम्पूर्ण आमा बुबा, दिदीबहिनी, दाजुभाइ, बुद्धिजीवी प्राध्यापक, शिक्षक, कर्मचारी, पत्रकार, मानवअधिकारवादी, किसान, व्यापारी, व्यावसायी, संस्कृतिकर्मी, कलाकर्मी, खेलप्रेमी, महिला, युवा, विद्यार्थी, अपाङ्ग, जेष्ठनागरिक, बालबालिका एवं माङसेबुङ गाउँपालिकाबासी समक्ष समृद्धिको निम्ति निम्न प्रतिवद्धता जाहेर गर्दछौं ।

.कृषि

१. कृषि व्यवसायलाई आधुनिकिकरण, व्यवसायिक, औद्योगिकिकरण गर्दै आत्मनिर्भर बनाउने लक्ष्यका साथ कृषिजन्य वस्तुहरुको उत्पादन, निकासी र निर्यात प्रवर्द्धन गरी किसानलाई कृषि व्यवसायतर्फअभ्रि्रेरित गरिनेछ ।

२. कृषकलाई गुणस्तरीय मल, वीऊ वितरण, सिंचाईं, प्रविधि तथा कृषक वर्गलाई उपयुक्त प्राविधिक ज्ञान, तालिमको व्यवस्था गरी कृषिजन्य वस्तुको उत्पादन बृद्धि गरी आत्मनिर्भर बनाइनेछ ।

३. कृषकहरुलाई विनाधितो सहुलियत दरमा ऋण उपलब्ध गर्राई अनुदानको व्यवस्था गरिनेछ ।

४. कृषकद्वारा उत्पादित खाद्यान्न, जडिबुटी, फलफूल, तरकारी लगायत कृषिजन्य वस्तुको मुल्य निर्धारण गरी किसानको आयस्तर बृद्धि गर्न टेवा पुर्‍याइने छ ।

५. गरिबीको रेखामुनि रहेका नागरिकको जीवनस्तर उकास्न विशेष राहत तथा सुविधाको कार्यक्रम लागू गरिनेछ ।

६. नहर, कुलो, सिंचाईं योजना संचालन गरी खाद्यान्न उत्पादन बृद्धि गरी आत्मनिर्भर बनाइने छ ।

७. एक खाद्यडिपो उत्पादन संकलन र विक्री केन्द्र तथा एक कोल्ड स्टोरेज स्थापना गरिनेछ ।

. उद्योग

१. प्राकृतिक श्रोत, खनिज पदार्थ, जडिबुटी, पर्यटन व्यावसायको प्रचुर सम्भावना भएकोले माङसेबुङ गाउँपालिकालाई आर्थिक रुपमा सवल बनाउन निर्यातमुखी उद्योगहरुको प्रवर्द्धनमा जोड दिदैं स्थानीय घरेलु उद्योग, कृषि तथा पशुजन्य, जडिबुटी, दुग्ध संकलन तथा प्रशोधन, पर्यटन उद्योग संचालन तथा साना, मझौला र ठूला कलकारखाना स्थापना गरी बेरोजगार युवाहरुलाई रोजगारीको व्यावस्था गरीनेछ ।

. व्यापार

१. अलैंची,अदुवा, अम्लिसो, किवी, चिराइतो, बोधिचित्त, रुद्राक्ष, वनपैदावर, फलफूल, तरकारी तथा कृषिजन्य उत्पादन बृद्धि गरी निर्यातमुखी व्यापार प्रवर्द्धनमा जोड दिइने छ ।

२. स्थानीय उत्पादनको मुल्य निर्धारण गरी आयात निर्यात व्यापार प्रवर्द्धन गरी लगानीकर्ताहरुलाई प्रोत्साहन गर्दै जलविद्युत उद्योग, लत्ताकपडा उत्पादन, स्थानीय कच्चा पदार्थबाट उत्पादन हुने उद्योग, कलकारखानाहरु संचालनमा ल्याई स्वदेश तथा विदेशमा व्यापार प्रवर्द्धन गरी मुलुकको आर्थिक वृद्धिदर उच्च बनाइनेछ ।

. पर्यटन

१. ऐतिहासिक, धार्मिक, पर्यटकीय स्थालहरु माङमालुङ, माङसेबुङ, गजुरमुखी धाम, फुलुङ्गी, नावालुङ सिंहदेवी पर्यटन स्थल लगायतको संरक्षण सर्म्वर्द्धनमा विशेषजोड दिईनेछ । साथै ती स्थानहरुमा भ्रमण  गर्न पर्यटकहरुलाई सजिलोको लागि पहुँचमार्ग निर्माण गरिने छ ।

२. गाउँपालिकाका विभिन्न स्थानहरुमा रहेका चर्च, गुम्बा, मन्दिर, माङहिम, माङखिम (साकेलाथान), सेमीचोङ लगायतको संरक्षण तथा सर्म्वर्द्धनमा विषेश जोड दिईनेछ ।

३. समाजसुधारक राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द लिङदेन र वर्तमान किरात धर्मगुरु आत्मनन्द लिङदेनको जन्मथलो माङसेबुङ २ चुक्चीनाम्बाको संरक्षण र विकासका लागि विशेष व्यवस्था गरिनेछ ।

४. राष्ट्रिय विभूती फाल्गुनन्द लिङदेनसँग सम्बन्धित ऐतिहासिक र पूरातात्विक वस्तुहरुको संरक्षण र पर्यटन प्रवर्द्धनका लागि उनको जन्मस्थल चुक्चीनाम्बामा राष्ट्रिय विभूती फाल्गुनन्द लिङदेन संग्रहालय स्थापना गरिनेछ ।

५. सचितानन्द ओम्याङहाङ विराटज्योति माङहाङ मन्दिर लगायत सबै धर्मावलम्बीहरुको धार्मिक स्थलहरुको संरक्षणमा विशेष जेाड दिईनेछ ।

६. माङसेबुङ गाउँपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पर्यटकीय स्थलहरुको पहिचान, संरक्षण र सर्म्बर्द्धन गर्दै पर्यटन उद्योगलाई प्रोत्साहन गरिनेछ । धार्मिक तथा साँस्कृतिक पर्यटनका निम्ति पर्यटकीय स्थलहरुमा सडक, बाटो, पूलपुलेसो लगायत आवश्यक भौतिक पूर्बाधार तथा मन्दीर, चर्च, गुम्बा, माङहिम, माङखिम निर्माण गरिने छ ।

४. माङसेबुङ क्षेत्रमा विज्ञहरुद्वारा खोज अनुसन्धान गरी पशुपंक्षी तथा वन्यजन्तु संरक्षण, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय आकर्षाका निम्ति ठाउँ ठाउँमा होमस्टेको व्यवस्था, मन्दिर, पोखरी, फूलको बगैंचा निर्माण गरिनेछ ।

ङ वन तथा वनसम्पदा व्यवस्थापन

१. हरियाली वन, डाँडापाखा, भिर पहरा, खोला खोल्सी झरना लगायत प्राकृतिक श्रोतको धनि माङसेबुङ गाउँपालिकामा अव्यवस्थित सामुदायिक तथा राष्ट्रिय वन व्यावस्थापन गरी हरेक उपभोक्तालाई समान पहुँच प्रदान गरिनेछ । वन क्षेत्रमा रहेका हर्र्रो, बर्र्रो, अमला, वयर, लौठसल्ला, साल, चाँप, गुँरास, अर्गेली, लोक्ता, अम्लिसो, वावियो, लगायत बहुमुल्य जडिबुटी र वनस्पतिहरुको संरक्षण गर्दै यसलाई जनजीवीकाको माध्यम बनाउने कार्यक्रम संचालन गरिने छ ।

२. गाउँपालिकाभित्र रहेका जल, जमिन, वनजंगल, वन्यजन्तु, चराचुरुङ्गी, जलचर, खानी तथा खनिज पदार्थ आदिको संरक्षण गरिनेछ ।

. जलश्रोत, सिंचाई र विद्युतीकरण

१.देउमाई, फेवा, तामा, मावा, रतुवा लगायत साना ठूला खोलाहरुबाट जलविद्युत, सिंचाईं कुलो, नहर, खानेपानी आयोजना संचालन गरी सम्बृद्ध गाउँपालिका बनाउने लक्ष्य लिइएको छ । सिंचाईं आयोजनाबाट बाँझो खेतबारीमा सिंचाई सुविधा प्रदान गरी उर्वर बनाइ खाद्यान्न, तरकारी, फलफूल, जडिबुटी उत्पादन गरी जीवीकोपार्जनका निम्ति उपयोग गरिने छ । यसका निम्ति बहुबषिर्य सिंचाईं आयोजना संचालन गरिने छ ।

२. देउमाई, फेवा र तामा खोलाबाट जलविद्युत आयोजना संचालन गरिनेछ । गाउँपालिका, सरकार, स्वदेशी तथा विदेशी लगानीकर्ताको लगानीमा जलविद्युत आयोजना संचालन गर्दा स्थानीयबासीलाई क्षमता अनुसार हरेक घरपरिवारलाई अनिवार्य शेयर प्रदान गरी उत्पादित विद्युत विक्रीबाट प्राप्त मुनाफा पाउने व्यवस्था सुनिश्चित गरिने छ । जलविद्युत आयोजना निर्माण कार्यमा योग्यता अनुसार युवा वर्गले रोजगारी पाउनेछन् ।

३. स्थानीय जलविद्युत आयोजना निर्माण नभएसम्म माङसेबुङ गाउँपालिकाबासीलाई घरघरमा विद्युत सेवा यथाश्रि्र विस्तार गर्न नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रशारण लाइन जडानको लागि प्रयत्न गरिनेछ । स्थानीय स्तरमा निर्मित लघुजलविद्युत आयोजनाको संरक्षण र बैकल्पिक सौर्य ऊर्जा प्रणालीलाई व्यवस्थित रुपमा वितरण गरिनेछ ।

. सडक यातायात सेवा विस्तार

१. माङसेबुङ गाउँपालिकाको विकास, परिवर्तन र समृद्धिको आधार सडक यातायात भएकाले सीमाना जोडिएका गाउँपालिका, नगरपालिका तथा झापा, इलाम र पाँचथर जिल्ला सदरमुकामसित हाल निर्माणाधीन सडक आयोजनाहरु दमक-चिसापानी-रवि सडक (फाल्गुनन्द), बहुचर्चित राँके-गैडें सडक, चतुरे-पाङतुवा हुलाक सडक, चिसापनी पञ्चमी बजार-रमिते-बाँझोगाउँ-टोड्के कुसुण्डे-र्घर्तीदोभान सडक -विपी मार्ग), चतुरे-इभाङ-गजुरमुखी धाम सडक, माङमालुङ-भोटेडाँडा-इभाङ-गजुरमुखीधाम पर्यटन मार्गलाई स्तरउन्नती गरी  आगामी ३ वर्षभत्रमा कालोपत्रे गरिसकिनेछ ।

२. माङसेबुङ रीङरोडलाई दर्ुइ लेनको बनाई १ वर्षभत्र कालोपत्रेको काम सम्पन्न गरिनेछ ।

३. गाउँपालिकाको हरेका वडा कार्यालयहरुसम्म ५ वर्षभत्र पक्की सडक निर्माण गरिनेछ । गाउँपालिकामा एउटा आधुनिक वर्सपा निर्माण गरिनेछ ।

४. गजुरमुखीधाम-तोभाङ-लामीडाँडा-देउराली-पाङतुवा-हुलाक सडक, किरात हाङसाङ कृषि सत्यमार्ग लासेबुङ-भालुटार-मनिपुर-मझुवा दोभान सडक, माङसेबुङ-चिवुवा-इभाङ-गजुरमुखी सडक, नावालुङ बजार-साताङखोप-तोभाङ बरभञ्ज्याङ-धुसेनी -खोलागाउँ) हुँदै इभाङ जोड्ने सडक, साविक गजुरमुखी २, ५, ६ हुँदै तोभाङ जोड्ने सडक, चिसापानी पञ्चमी-चियाफ्याक्ट्री-चन्द्रेश्वरी आधारभूत विद्यालय हुँदै दारेगौडा सडक, मार्चेबुङ सिमलटार सडक, मार्चेबुङ-तीनदोभाने-महमाई कृषि सडक, सीमलटार-अपजङगारे-गोठचोक-भालुडाँडा-चुलाचुली सडक, काब्राङ-मुसे-झिल्के जोड्ने सडकको विस्तार र स्तरउन्नती गर्दै ५ वर्षभत्र कालोपत्रेको काम सम्पन्न गरिनेछ ।

५. माङसेबुङ गाउँपालिका अन्तरगत ६ वटै वडाको टोलटोलमा सडक निर्माण तथा नवनिर्मित सडकहरुको मर्मतसम्भार, स्तरोन्नती र ग्राभेल गरिनेछ ।

६. माङसेबुङ गाउँपालिकाको विस्तृत सडक गुरुयोजना तयार गरी आर्थिक उत्पादनको गतिविधिसँग जोड्ने गरी ग्रामीण हरित सडक सञ्जालको निर्माण र विस्तार गरिनेछ ।

. व्यवस्थित वस्ती विकास र शहरीकरण

१. माङसेबुङ गाउँपालिकाको गजुरमुखी, माङमालुङ (रक्से), चिसापानी पञ्चमी, चतुरे, भञ्ज्याङ, माङसेबुङ (लारुम्बा­) क्षेत्रमा व्यवस्थित नमुना वस्ती निर्माण गरिनेछ । गाउँपालिकाबासीलाई सुरक्षित, सुन्दर र आकर्ष भूकम्प प्रतिरोधात्मक आवास निर्माणको लागि प्रोत्साहन गरिने छ ।

२. गाउँपालिकाको भू-उपयोग योजना र पूर्वाधार योजना बनाई कार्यान्वयन गरिनेछ । पानी, विजुली, टेलिफोनजस्ता सेवालाई हाल सरल बनाउन एकीकृत वस्ती विकासलाई प्रोत्साहन गरिनेछ । फोहोरको किसिम हेरी छुट्ट्याउने व्यवस्था मिलाईनेछ । र्सार्वजनिक शौचालयहरु यथेष्ट मात्रामा निर्माण गरी त्यहाँबाट बायोग्याँस निकालिनेछ ।

३. सुकुम्बासीहरुका लागि व्यववस्थित वस्ती विकास योजना बनाई उनीहरुलाई जग्गा धनीपूर्जा उपलब्ध गराउने व्यवस्था मिलाईनेछ ।

. शिक्षा

१. बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक माङसेबुङ गाउँपालिकामा परम्परागत मातृभाषा बोल्ने आदिबासी जनजातिहरुको बाहुल्यता छ । तथापी अन्य क्षेत्री, ब्राहृमण र शिल्पी (दलित) जातिहरुको पनि बसोबास छ । माङसेबुङ गाउँपालिकामा अस्तित्वमा रहेका सबै जातजातिको मातृभाषामा पठनपाठनका निम्ति बहुभाषिक विद्यालय स्थापना गरीनेछ । मातृभाषा संरक्षणका निम्ति ‘मातृभाषा तथा संस्कृति उत्थान प्रतिष्ठान’ गठन गरी उनीहरुको भाषा, धर्म, संस्कृतिहरुको संरक्षण, संर्म्वर्द्धन गर्ने ग्यारेन्टी गर्दै, सामुदायिक विद्यालयहरुमा दरबन्दी सिर्जना गरी हरेक जातिको मातृभाषा शिक्षक नियुक्ति र पाठयक्रम निर्माण गरी सामुदायिक विद्यालयमा मातृभाषाको पठनपाठन गराउने व्यावस्था गरिने छ । मातृभाषाको पठनपाठन र पाठयक्रमको प्रभावकारिता अनुसार स्नातकोत्तर तहसम्म मातृभाषा र संस्कृति पठनपाठनको व्यवस्थाको निम्ति पहल गरिने छ ।

२. माङसेबुङ गाउँपालिका अर्न्तर्गत संचालित आधारभूत तह, माध्यमिक तहका सबै विद्यालयहरुमा (नर्सरीदेखि कक्षा १२) सम्म अनलाइन शिक्षा कार्यक्रम लागू गरिने छ । अनलाइन शिक्षा कार्यक्रम अर्न्तर्गत हरेक विद्यालयमा कम्प्युटर कक्षा स्थापना गरी पाठ्यक्रमअनुसार पठनपाठन गराउन विद्यार्थी संख्याको आधारमा कम्यूटर १५ देखि २० थान कम्प्युटर, प्रोजेक्टर र ल्यावटप प्रदान गरिनेछ । साथै यी विद्यालयमा कम्प्युटर प्रणालीबाट पठनपाठन गराउन विद्युत सेवा अनिवार्य रहेकोले स्थानीय लघुजलविद्युत आयोजनालाई नियमित गर्न मर्मतसम्भार गर्ने र यथाश्रि्र रुपमा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रशारण लाइन जडान गर्न पहल गरिने छ । केन्द्रीय प्रशारण लाइन नआइन्जेलसम्म लघुजलविद्युत र सोलार सिस्टमबाट भरपर्दो सेवा दिइनेछ ।

३. गाउँपालिकाको एक माध्यमिक विद्यालयलाई आइसिटी प्रविधिको प्रयोग गरी दूर शिक्षा दिन सकिने सेन्टरको रुपमा विकास गरिनेछ । मुख्य विषयहरुको शिक्षा गाउँपालिकाभित्रका विद्यालयहरुमा यही केन्द्रबाट दिईने व्यवस्था गरिनेछ ।

४. अनलाइन शिक्षा संचालनका लागि हरेक विद्यालयहरुमा आवश्यकताअनुसार कम्तिमा एक एक जना दरबन्दी सिर्जना गरी कम्प्युटर शिक्षक नियुक्ति गरिने छ । सामुदायिक र निजी विद्यालयहरुमा अनलाइन शिक्षालाई थप प्रभावकारी बनाउन हरेक विद्यार्थीलाई प्रयोगात्मक ज्ञानको निम्ति प्रयोगशाला स्थापना र हरेक विद्यालयमा भूउपग्रह स्याटलाइटको माध्यमबाट वाइफाइ लिङ्क गरी सस्तो मुल्यमा इन्टरनेट सेवा प्रदान गरिने छ ।

५. यस गाउँपालिका अर्न्तर्गत कार्यरत सबै शिक्षक, शिक्षिकालाई अनलाइन शिक्षा संचालनका निम्ति अनिबार्य तालिमको व्यावस्था गरिने छ । हरेक शिक्षक, प्राध्यापक एवं सामाजिक कार्यकर्तालाई कम्प्युटर ज्ञान अनिवार्य हुने भएकोले आवश्यक तालिमको व्यावस्था गरिने छ र गाउँपालिकाभित्र संचालित निजी तथा सामुदायिक विद्यालयहरुलाई व्यावस्थित रुपमा संचालनका निम्ति शिक्षक विद्यार्थीलाई विद्युतीय हाजीरीको व्यावस्था, अनुशासित, सभ्य र सिर्जनशील बनाउन विशेष शिक्षा कार्यक्रम लागू गरिने छ ।

६. दक्ष, चेतनशील, सिर्जनशील मानव पूँजी विना मुलुकको विकास असम्भव हुने भएकोले दक्ष मानव पूँजी निर्माणको लागि युवा, महिला, विद्यार्थीहरुबाट वैज्ञानिक उत्पादनका निम्ति खोज अनुसन्धान तथा वैज्ञानिक हुन योग्य नागरिकहरुको माइन्ड टेस्ट -दिमाग परीक्षण) गर्न अनुसन्धान केन्द्र स्थापना गरिने छ ।

७. बेरोजगारी समस्या न्युनिकरण गर्न दक्ष जनशक्ति उत्पादनका निम्ति माध्यमिक तहमा प्राविधिक शिक्षा पाठयक्रम लागू गरिने छ । कक्षा ८ उतिर्ण र्एर्सइई (कक्षा १०) अनुत्तिर्ण विद्यार्थीहरुलाई जीवनोपयोगी व्यवहारिक ज्ञानका लागि विशेष तालिम संचालन गरिने छ । आधारभूत र माध्यमिक तह उत्तिर्ण विद्यार्थीका लागि उच्च शिक्षा हासिल गर्न उपल्लो कक्षामा भर्ना हुन आवश्यक पाठयक्रम तयार गरी अनुभवी र विज्ञ परामर्शदाता (काउन्सिलर) द्वारा पूल कक्षा ‘ब्रिज कोर्स’ संचालन गरी व्यावहारिक ज्ञान प्रदान गर्ने व्यावस्था गरिने छ ।

८. हाल संचालनमा रहेका माध्यमिक तहको विद्यालयलाई व्यवस्थित गरी थप प्रभावकारी शिक्षणको व्यवस्था गर्ने र यस गाउँपालिकाभित्र उपयुक्त केन्द्रमा स्नातक र स्नातकोत्तर तहको क्याम्पस स्थापनाको पहल गरिने छ । माङसेबुङमा सञ्चालन हुन लागेको सेइङ आत्मनन्द लिङदेन बहुमुखी क्याम्पसलाई यथाघीघ्र सञ्चालनका लागि सम्बन्धित निकायमा पहल थालिने छ । हरेक विद्यालयममा गुणस्तर पठनपाठनको निम्ति आवश्यक पूर्वाधार निर्माण गरिने छ । साथै माध्यमिक तह, स्नातक र स्नातकोत्तर तह संचालित हरेक शैक्षिक संस्थामा विद्युतीय पुस्तकालय (इलाइब्रेरी) स्थापना गरिने छ ।

९.आधारभूत तहदेखि विश्व विद्यालय तहसम्म अध्यायनरत दलित, गरिब, विपन्न, असहाय, द्वन्द्वपीडित, हिंसापीडित, जेहेन्दार विद्यार्थीलाई छात्रबृत्तिको व्यवस्था, इन्जिनियरिङ, विमानचालक, विज्ञान, चार्टड एकाउन्टेन्ड, कम्प्युटर सफ्टवेयर, हार्डवेयर, खोज अनुसन्धानकर्ता, अन्वेषक तथा विशेषज्ञता हासिल गर्ने व्यक्तिहरुलाई विशेष नीति र योजना बनाइने छ ।

.सूचना तथा संचार

१. भौगोलिक रुपमा अति दुर्गम ठाउँमा भएकोले माङसेबुङ गाउँपालिकाबासी टेलिफोन, इन्टरनेट सेवाको पहुँचबाट टाढा रहनु परेको छ । त्यसैले सूचना तथा संचार सेवाको ग्यारेन्टी गर्न इन्टरनेट र टेलिफोन प्रदायक कम्पनीहरुमार्फ उपयुक्त ठाउँमा टावर निर्माण गरी संचार सेवा प्रदान गरिने छ । साथै माङसेबुङ गाउँपालिकाबासीको निम्ति सूचना आदान प्रदान गर्न विद्युतीय (रेडियो, टेलिभिजन, अनलाइन­) र छापा -पत्रपत्रिका) सञ्चारमाध्यम स्थापना र सञ्चालन गरिनेछ । हाल सञ्चालनमा रहेको रेडियो माङसेबुङ १०४.७ मेगाहर्ज र माङसेबुङ मासिक पत्रिकालाई निरन्तरताका लागि आवश्यक व्यवस्था गरिनेछ ।

२. गाउँपालिकामा एक वाइफाई (इन्टरनेट) प|mी जोन र एक पुस्तकालय राखिने व्यवस्था गरिनेछ । साथै १०० देखि २०० जनासम्म अट्ने मुख्य हल सहितको एक सभाहल बनाईनेछ । यी सेवालाई ५ वर्षभत्र वडा तहसम्म विस्तार गरिनेछ ।

. स्वास्थ्य

१. जिल्लाको दुर्गम माङसेबुङ गाउँपालिकाबासीलाई स्वास्थ्य जीवन जीउनका लागि विशेषज्ञ चिकित्सक सेवासहित २५ शैयाको सुविधा सम्पन्न अस्पताल संचालन गरिने छ । अस्पताल भवन निर्माणको लागि आर्थिक लगानीको व्यवस्थाको लागि समेत तत्काल पहल शुरु गर्ने । अस्पतालमा अल्ट्रासाउण्ड, एक्स-रे, प्रयोगशाला, रेडियोलोजी, अक्सिजन लगायत आधुनिक उपकरणको व्यावस्था, नाक, कान, घाँटी आँखा, चर्मरोग, स्त्रीरोग, मुटु, क्यान्सर लगायत विभिन्न रोगका विशेषज्ञ चिकित्सकद्वारा उपचार सेवा प्रदान गर्ने, आकस्मिक सेवासहित २४ घण्टा उपचार सेवा, प्रशुती सेवा, शल्यक्रिया, रक्तसंचार सेवा प्रदान गरिने छ ।

२. नेपाल सरकारद्वारा संचालित स्वास्थ्य संस्थाहरुको स्तरोन्नती गरी गुणस्तरीय सेवा प्रवाह गर्ने, हरेक वडामा एक जना चिकित्सकसहितको प्राथमिक स्वास्थ्य केन्द्र संचालन, सुरक्षित मातृत्व, मातृशिशु सेवा, नियमित खोप सेवा विस्तार, निमोनिया, टाइफाइड, ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, र्टनसिलाइटिस, झाडापखाला, हैंजा, महामारी जस्ता डरलाग्दो रोगबाट बच्न स्वास्थ्य संस्थाका श्रि्र सुनुवाइ कक्ष अर्थात ‘क्वीक रेस्पोन्स टिम’, परिचालन गरी अकाल मृत्युबाट नागरिकलाई बचाउने व्यवस्था गरिनेछ ।

३. विरामीलाई उपचारका लागि आकस्मिक रुपमा अस्पताल पुर्‍याउन हरेक वडाका स्वास्थ्य संस्थामा एम्बुलेन्सको व्यवस्था गरिने छ । एम्बुलेन्स नहुने टोलमा स्टेचरसहित सहयोगी समुह परिचालन गर्ने व्यवस्था गरिने छ ।

ठ. खानेपानी तथा ऊर्जा

१. माङसेबुङबासको  ‘एक घर एक धारा’ नीति अनुरुप घरघरमा व्यवस्थित पिउनेपानीको व्यवस्था गरिने छ । खानेपानीको असुविधा भएको टोल वस्तीमा पानीको उपयुक्त श्रोत मुहानको पहिचान गरी हरेक विद्यालय, स्वास्थ्य संस्था, सरकारी कार्यालय, सुरक्षा निकाय, क्लव, संघ संस्थाको कार्यालयमा २४ घण्टा खानेपानीको सुविधा प्रदान गरिने छ ।

२. शहरीकरण योजना अनुरुप अव निर्माण हुने वस्ती, शहरमा साना शहरी खानेपानी आयोजना संचालन गरी व्यवस्थित खानेपानी, घरघरमा शौचालय निर्माण गरी पूर्ण सरसफाई क्षेत्र बनाउने र ठाउँठाउँमा र्सार्वजानिक शौचालय, ढल निकासको व्यवस्था गरिनेछ ।

३. हरेक घरमा विद्युतीय उर्जा पुर्याइनेछ । ५ वर्षभत्र विजुली पुग्न नसक्ने घरलाई सोलार राख्न अनुदान दिईनेछ । घरमा बायोग्याँस राख्न चाहनेलाई ९० प्रतिशत अनुदान दिईनेछ ।

ड. युवा तथा खेलकुद

१. माङसेबुङ गाउँपालिकामा बसोबास गर्ने युवा, महिला, विद्यार्थी, खेलप्रेमी, संगीतप्रेमी, कलाकर्मी, संस्कृतिकर्मीहरुको रुचि अनुसार क्षमता अभिबृद्धिका निम्ति युवा लक्षित कार्यक्रम संचालन गरी खेलकुद पाठशाला, ललितकला, संगीतालय तथा नाट्यशाला स्थापना गरिने छ । बेरोजगारी समस्याका कारण बैदेशिक रोजगारीका निम्ति श्रम बेच्न जाने युवाहरुलाई स्वदेशमै व्यावसाय गरेर जीवीकोपार्जन तथा आयआर्जनका निम्ति विभिन्न व्यावसायिक तालिमहरु संचालन गरिने छ ।

२. खेलप्रेमी फुटबल, भलिबल, क्रिकेट, व्याटमिन्टन, टेवलटेनिस, चेस, दौड, म्याराथुन, मार्सल आर्टस्, कराँते, तेक्वाण्डो, जुडो लगायत विभिन्न खेलमा रुचि राख्ने खेलाडीहरुलाई प्रोत्साहित गर्न गाउँपालिका र वडा स्तरीय रङगशाला, कभर्डहल, खेल मैदान निर्माण, उत्कृष्ट खेलाडी तथा राष्ट्रिय अन्तराष्टिय स्तरमा छनौट हुने खेलाडीलाई प्रात्साहन भत्ता, पुरस्कार र सम्मान प्रदान गरिने छ । गाउँपालिका वडा स्तरबाट खेलाडी बनेर राष्ट्रको शिर उच्च राख्ने उदेश्यका साथ परिश्रमी खेलाडीलाई विशेष भत्ताको व्यावस्था गरिने छ ।

३. प्रत्येक वर्षहरेक वडामा कम्तीमा १० जना युवालाई रोजगारी एवं उत्पादनमूलक विषयगत तालिमको व्यवस्था गरिनेछ ।

४. मनोरञ्जन तथा सामाजिक क्रियाकलापका लागि प्रत्येक वडामा पार्कहरु बनाईनेछ ।

५. गाउँपालिकामा एउटा बालउद्यान बनाईनेछ । यसलाई ५ वर्षभत्र वडा तहसम्म विस्तार गरिनेछ ।

ढ. सामाजिक सुरक्षा, जेष्ठ नागरिक, अपाङ्ग र बालबालिका

१. माङसेबुङ गाउँपालिकामा ६० वर्षमाथिका जेष्ठ नागरिकलाई हरेक वर्षविशेष सम्मान गर्दै उहाँहरुले प्राप्त गरेको अनुभव, ज्ञान, सिप, कला, धर्म, परम्परा, संस्कृति, भाषा, रितिरिवाज, शैली व्यावहार बारे अन्तरक्रिया गरी शिक्षा आदान प्रदान गर्ने र उहाँहरुले राज्यबाट प्राप्त गर्दै आएको सामाजिक सुरक्षा भत्ता समयानुकुल बृद्धिको लागि पहल गरिने छ ।

२. वालकालिका भविश्यका कर्णधार भएकोले हरेक वालवालिकाको शारिरीक, मानसिक, विकासको निम्ति पोषणको व्यवस्था र शिशुस्याहार केन्द्र स्थापना गरी हेरचाह गर्ने व्यवस्था गरिने छ ।

३. एकल, असहाय वा परिवारबाट उपेक्षित ज्येष्ठ नागरिकको लागि स्याहारसुसार गर्ने व्यवस्था सहितको एक विशेष स्याहार गृहको निर्माण गरिनेछ ।

४. गाउँपालिकामा रहेका शारिरीक अपाङ्गता भएका व्यक्तिहरुको सुरक्षाका निम्ति हरेक वर्षअपाङ्ग विकास कार्यक्रम संचालन गरिने छ । उनीहरुको सीप, कला, क्षमता, प्रतिभालाई प्रात्साहन गर्न सीपमूलक तालिम, शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी गर्नुका साथै उनीहरुको बौद्धिकतालाई समेत राष्ट्र निर्माणको निम्ति उपयोग गरिने छ ।

५. गर्भवती महलिा, १० वर्षुनिका बालबालिका र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई एम्बुलेन्स लगायत कुनैपनि यातायात सेवामा भाडा नलाग्ने व्यवस्था गरिनेछ ।

६. गाउँपालिकामा एक प्राकृतिक प्रकोप उद्धार स्थाल बनाइनेछ ।

ण. जनमुखी र पारदर्शी प्रशासन

१. गाउँपालिकाहरुको प्रशासन अत्यन्त सरल, सहज र पारदर्शी बनाइनेछ । सूचनाहरु स्थानीय भाषामा समेत प्रशारित हुनेछन् । गाउ“पालिकामा उठाइने कर र दस्तुरको विवरण आवधिक रुपमा र्सार्वजनिक गरिनेछ । सबै कागजात पुर्‍याएर निवेदन दिएको २४ घण्टाभित्र काम सम्पन्न भइसक्नेछ । स्थानीय विकास निर्माणका योजना र बजेट विनियोजन सरोकारवालाहरुको परामर्शमा गरिनेछ ।

कुरा, नारा र भाषण मात्र भयो खालि

काम र विकासको लागि ‘हातले समातेको मसाल’ मा भोट यसपालि

धन्यवाद

निर्वाचन परिचालन समिति

संघीय समाजवादी फोरम, नेपाल

चुनाव प्रचार प्रसार समिति

माङसेबुङ गाउँपालिका, इलाम

स्थानीय तहको निर्वाचनका लागि हाम्रा नाराहरू :

१) पहिचान र अधिकार सहितको सङ्घीयता देशको स्वाभिमान,

समतामुलक समृद्धि र स्थानीय विकास हाम्रो अभियान ।

२) एक हातले समाएको मशालमा मतदान गरौँ,

   सङ्घीय समाजवादी फोरम, नेपाललाई विजयी गराऔँ ।

३) स्थानीय तहको स्वायत्तता,

ससफो नेपालको प्रतिवद्धता ।

४) सङ्घीय समाजवाद हाम्रो सङ्कल्प,

ससफो नेपाल राष्ट्रिय विकल्प ।

५) सङ्घीयतामा पहिचान, स्थानीय तहमा स्वशासन,

आर्थिक समृद्धि र विकाशका लागि मशालमा मतदान ।

६) ससफो नेपालको चाहना,

समृद्ध नेपालको स्थापना ।

७) जनताको आहृवान, मशालमा मतदान,

ससफोको जीत सबैको सम्मान ।

८) विकृति, विसङ्गती र भ्रष्टाचार उन्मूलन,

सुशासन, सदाचार र जनमुखी प्रशासन ।

९) भौतिक पूर्वाधारको विकास,

स्थानीय विकासको मूल आधार ।

१०) स्थानीय विकाशमा दुरदृष्टि,

    ज्ञान, विज्ञान र समृद्धि ।

११) जनताको स्वाभिमान,

    मशालमा मतदान ।

१२) शिक्षा, स्वास्थ्य र रोजगार,

जनताको मौलिक अधिकार ।

१३) भोट हाम्रो भविश्य हो यसमा खेलवाड नगरौँ,

      विकासको लहर ल्याउन ससफोलाई जिताऔँ ।

१४) अरूको हक खोसिन्न,

    आफ्नो हक छोडिन्न ।

१५) मातृभाषामा शिक्षा जन्मसिद्ध अधिकार,

    मानव विकासको मूल आधार ।

१६) हिमाल, पहाड, मधेश जोडिन्छ,

    नक्कली राष्ट्रवाद तोडिन्छ ।

१७) मशाल चिन्हमा भोट हालौँ,

     जनशक्ति प्रदर्शन गरौँ ।

१८) जातीय मुक्तिका लागि सङ्घीयता, वर्गीय मुक्तिका लागि समाजवाद,

      स्थानीय विकासका लागि ससफो नेपालको सरकार ।

१९) देशैभरी विकासको नयाँ लहर ल्याउन,

     यसपटक ससफोलाई भोट हालौँ न ।

२०) युवा अघि लम्कन्छ,

    मशाल चिन्ह चम्कन्छ ।

२१) सबैका लागि शिक्षा, स्वास्थ्य सबैका लागि न्याय निशाफ,

      स्थानीय स्वायत्त शासन, जनताको स्वशासित सरकार ।

२२) महिला, पुरुष, यौनिक अल्पसङ्ख्यक सबैको समान अधिकार,

      सामाजिक सुरक्षा र कल्याणका लागि ससफोको स्थानीय सरकार ।

२३) पहिचान सहितको सङ्घीयता र समतामुलक समृद्धिका लागि मशाल चिन्हमा मतदान गरौँ,

       सङ्घीय समाजवादी फोरम, नेपाललाई अत्यधिक मतले विजयी गराऔँ ।

ससफो नेपाल जिन्दावाद – जिन्दावाद ! जिन्दावाद !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार