नयाँ बुलन्द
झापा : संघीय समाजवादी फोरम नेपालले झापाको १५ स्थानीय तहमध्ये बाह्र वटामा उम्मेदवार तय गरेको छ । समाजवादी फोरम झापा जिल्ला अध्यक्ष धिरेन लावतीले बुधबारसम्ममा बाँकी सबै स्थानीय तहको उम्मेवारहरु टुंगो लगाइने बताए ।
उनका अनुसार कमल गाउँपालिकाको अध्यक्षमा जितेन र्राई र उपाध्यक्षमा पुष्पा लिङदेनलाई उम्मेदवार बनाइएको छ । गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा बद्री यादवलाई उम्मेदवार बनाइएको छ । यस गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार टुंगो लगाउन बाँकी छ ।
झापा गाउँपालिकामा माओवादी केन्द्रसँग तालमेल गरिएको छ । जसअनुरुप यस गाउँपालिकाको उपाध्यक्षमा संघीय समाजवादी फोरमबाट गौरीशंकर राजवंशीलाई उम्मेदवार बनाइएको छ ।
बाह्रदशी गाउँपालिकाको अध्यक्षमा रंगलाल राजवंशीको नाम तय गरिएको छ । यस गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार टुंगो लगाइएको छैन । कचनाकवल गाउँपालिकाको अध्यक्षमा मञ्जु र्राई र उपाध्यक्षमा भरत राजवंशीलाई उम्मेदवार बनाइएको छ ।
यसैगरी बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा हरिनारायण चौधरीलाई उम्मेदवार बनाइएको छ भने यस गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार पनि टुंगो लगाउन बाँकी रहेको लावतीले बताए ।
नगरपालिकातर्फ दमक नगरपालिकाको प्रमुखमा सतिश साह र उपप्रमुखमा गंगा सागर शेर्मालाई उम्मेदवार बनाइएको छ । गौरादह नगरपालिकामा खसुरधन र्राई (केडी) र हेमनसरी राजवंशीलाई क्रमशः प्रमुख र उपप्रमुखको उम्मेदवार बनाइएको छ ।
विर्तामोड नगरपालिकामा पदमबहादुर तामाङलाई प्रमुख र चिजा र्राईलाई उपप्रमुख पदको उम्मेदवार बनाइएको छ ।
अर्जुनधारा नगरपालिकाको प्रमुखमा सिर्जनलाला चौधरीलाई उम्मेदवार बनाइएको छ भने यस गाउँपालिकाको उपप्रमुख हाल खाली रहेको छ ।
भद्रपुर नगरपालिकाको प्रमुखमा सत्रुधन चौधरी र उपप्रमुखमा शर्मीला आङदेम्बेलाई उम्मेदवार बनाइएको छ ।
मेचीनगर नगरपालिकामा इन्द्रबहादुर श्रेष्ठ र अग्निमाया मेचेलाई क्रमशः प्रमुख र उपप्रमुखको उम्मेदबार बनाइएको छ ।
शिवसताक्षी नगरपालिका, कनकाइ नगरपालिका र हल्दीबारी गाउँपालिकामा भने मंगलबारसम्ममा उम्मेदवार टुंगो लगाइएको छैन ।
‘शिवसताक्षी नगरपालिकामा उम्मेदवार बन्न साथीहरु तयार हुनुभएन,’ लावतीले भने, ‘त्यसकारण अब हामी एक जना स्वतन्त्र उम्मेदवारलाई नै र्समर्थन गरेर अघि बढ्नेछौ ।’
कनकाइ नगरपालिकामा भने खतरसिंह राजवंशीलाई वडा अध्यक्षको उम्मेदवार बनाइएको छ । उनलाई वडा नम्बर ९ को उम्मेदवार बनाइएको हो ।
यसैगरी हल्दीवारी गाउँपालिकामा पनि साविकको वडा नम्बर ८ मा धुव्र श्रेष्ठलाई वडा अध्यक्षको उम्मेदवार बनाइएको छ । श्रेष्ठले सो वडामा जित्ने लावतीको दाबी छ । उम्मेदवार टुंगो लगाएसँगै हाल झापामा चुनावी अभियान समेत तीव्र पारिएको छ ।