समृद्ध गाउँपालिका निर्माणको लागि जनताको आहृान !
गोलाकार भित्रको हँसिया हतौडामा सवैको मतदान !!
हाम्रो प्रतिबद्धता :
आदरणीय फाकफोकथुम गाउँपालिका निवासी आमावुवा, दिदीबहिनी तथा दाजुभाईहरु
यहि २०७४ असार १४ गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा जनताको जनयुद्ध र जनआन्दोलनबाट प्राप्त संघिय लोकतान्त्रिक गणतान्त्रिक संविधान २०७२ मार्फ प्राप्त जनअधिकारलाई जीवन व्यवहारमा लागु गराउन जनताको महान् तथा गौरबशाली पार्टी नेकपा (माओवादी केन्द्र)को तर्फाट हामी उमेद्धारहरु राजकुमार थापा (सन्देश) र लक्ष्मी मुखिया- लावती) जनताको तर्फाट निर्वाचित भइसकेपछि तपसिलको कार्ययोजना मार्फ जनताको जिवनस्तर समृद्ध गर्दै फाकफोकथुम गाउँपालिका निर्माण गर्ने प्रतिबद्धता जाहेर गर्दछौं ।
दिर्घकालीन योजनाहरु
१) फाकफोकथुम गाउँपालिकाका आम जनताले आमुल परिवर्तनसहित समुन्नत र समृद्ध गाउँपालिकाको चाहाना गरिरहेछन् । त्यसैले आर्थिक, सामाजिक, राजनैतिक तथा प्रसासनीक उत्पीडनको अन्त्य गर्दै समग्र क्षेत्रको विकास गर्न आधुनिक रणनिति निर्माण गरि नेपालकै नमुना गाउँपालिका स्वीजरल्याण्डको रुपमा विकास गरिनेछ ।
२) भूमि सुधार, कृषि, सिंचाई, जलस्रोत, वन, खनिज पदार्थ, उद्योग, व्यापार, यातायात, सुचना-संचार, व्यवस्थित बस्ति विकास, खानेपानी, दैनिक प्रशासन, न्याय सेवा, शान्ति सुरक्षा, शिक्षा, भाषा-संस्कृति, खेलकुद विकास लगायतका क्षेत्रहरुको प्रभावकारी ढंगले संचालन र परिचालन गरि स्थानीय जनताको दैनिक सेवा र कृषि तथा औद्योगिक आत्मनिर्भर अर्थतन्त्रको स्थापनामा जोड दिइने छ ।
३) गाउँपालिकामा शिक्षा, स्वास्थ्य, रोजगार, यातायात, विद्युत, खानेपानी, संचार, उद्योग लगायत समग्र क्षेत्रको विकास र समृद्धि तर्फबर्डाई नगरपालिका घोषणा एवम् कार्यान्वयनमा प्रतिबद्ध रहि अविलम्भ प्रक्रिया अगाडी बढाइने छ ।
४) अर्न्तराष्ट्रिय क्षेत्रका शक्तिशाली महानगर, नगरपालिकाहरु संग भगिनी सम्बन्ध बिस्तार गरि संस्थागत र औपचारिक रुपमै भगिनी सम्बन्ध मार्फ यस गाउँपालिकाको रणनितिक विकास गरि नेपालकै नमुनाको रुपमा विकास गरिनेछ ।
५) गाउँपालिका भित्र लगानीमैत्री वातावरण सृजना गरि देश भित्र र बाहिर रहेका लगानी कर्ताहरुलाई प्रोत्साहित गरिनेछ ।
६) परम्परा देखि लाग्दै आएको बजारहरुलाई व्यवस्थित र आधुनिक बनाइनेछ ।
पूर्वाधार विकासतर्फः
समृद्ध गाउँपालिका निर्माणको आधार, आधुनिक भौतिक पूर्वाधार
१. सरकारले एक प्रदेश एक मेडिकल कलेज स्थापनाको कार्यक्रम अर्न्तगत १ नं. प्रदेशको यस गाउँपालिकामा स्थापना गर्नलाई विशेस जोड दिइनेछ ।
२. मंगलवारे-एकतप्पा-फाकफोक-आमचोक-फुएतप्पा रवि सडकलाई त्रि्र गतिमा निर्माण गरि यहि बर्षदेखि कालोपत्रे सुरु गरिनेछ ।
३. फाकफोक गाउँपालिका र झापा जोड्ने कम दुरीको बहुचर्चित राकेँ-गैँडे सडकलाई तीब्र गतिमा सम्पन्न गरि कालोपत्रे गरिनेछ ।
४. गाउँपालिकाको हरेक वडाका प्रमुख सडक र अन्य वडा तथा गाउँपालिका जोड्ने प्रमुख सडकहरुको १ वर्षभित्रमा विस्तार र स्तरोन्नत गर्दै ५ वर्षभित्र कालो पत्रेको काम सम्पन्न गरिनेछ ।
५. ग्रामिण सडक गुरुयोजनाको मापदण्ड बनाएर आर्थिक उत्पादनको गतिविधिसँग जोड्ने गरि ग्रामिण हरित सडक संजालको निर्माण र विस्तार गरिनेछ ।
६. वडाहरुमा स्मार्ट नमुना गाउँको रुपमा विकास र विस्तार गर्न जोड दिइनेछ ।
७. खानेपानी, शौचालय, सरसफाई, फोहोरमैला व्यवस्थापन, स्वास्थ्य सेवा केन्द्र, शिक्षालय, खेलमैदान, यातायात, इन्टरनेटको सेवालगायत सूचना संचार केन्द्र आदि आधारभुत संरचनाको विकासमा जोड दिइनेछ ।
८. गाउँपालिकाको साविक आमचोकमा प्रदेस स्तरीय र एकतप्पामा सुविधा सम्पन्न रंगशाला र सुविधा सम्पन्न सभाहल साथै हरेक वडाहरुमा खेल मैदान निर्माण गरिनेछ ।
९. गाउँपालिकामा वसोवार गर्ने सवै जाति, भाषा, धर्म, संस्कृतिको संरक्षण र प्रबर्द्धन गर्नको लागि संग्रालय निर्माण गरी विशेष कार्यक्रमहरु ल्याइनेछ ।
१०. योजनाहरुको छनौट र परिचालन प्राथमिकता एवम् समानुपातिक नीतिका आधारमा गरिनेछ ।
संस्कृति/पर्यटन :
१. दश वर्षे जनयुद्ध, २०६२/०६३को जनआन्दोलन सहित विभिन्न प्रजातान्त्रिक तथा जनजाती आन्दोलनमा सहादत प्राप्त गर्ने महान् शहिदहरुको स्मृतिमा बिशाल सहिद स्मृति पार्कको स्थापना गरिेनेछ ।
२. वडा न. १ नाम्तोकमा भ्यूटावर निर्माण गरिनेछ ।
३. ग्रामीण पर्यटन, पर्यार्-पर्यटन, पदयात्रा पर्यटन, दृश्यावलोकन पर्यटन, धार्मिक पर्यटन, स्वस्थ्य पर्यटन, शैक्षिक पर्यटन, खेलकुद पर्यटन, सांस्कृतिक पर्यटनको विकास र प्रवर्द्धन गरि पर्यटक उल्लेखीय मात्रामा आकषिर्त गरिनेछ ।
४. रुढीवादी संस्कृति र बाहिय अतिक्रमित संस्कृतिलाई निरुस्साहित गर्दै असली जनसंस्कृति र ऐतिहासिक सम्पदाहरुको संरक्षण र सम्बर्द्धन गर्न जोड दिइनेछ । त्यसैगरि जनपक्षीय साहित्य-कला, संगितको संरक्षण र सर्म्बर्द्धनमा जोड दिइने छ ।
५. जुरीथुम्की मन्दिर, सिवालय मन्दिर, माङहिम मन्दिर, कुम्भदेवी मन्दिर, लिम्बु जातिको चुम्लुङ, र्राईको साकेलाथान, बौध धर्मावलम्बीको लागि गुम्बा, सुनुवार जातिको ब्याँदर थान, क्रिसियनको लागि चर्च लगायत पर्यटकीय क्षेत्रहरुको विकास, निर्माण गरिनेछ ।
६. पर्यटन विकासको संम्भावना भएका क्षेत्रहरुको पहिचान गरि बृहतर योजनाको कार्ययोजना बनाएर विकास र प्रवर्द्धन गरिनेछ ।
शिक्षा तथा स्वास्थ्य :
१. गाउँपालिकामा विशेषज्ञ सहितको २५ बेड (शैया)अस्पताल निर्माणकार्य तत्काल सुरुवात गरिने र ५ वर्षभित्रमा १०० बेड-शैया)को सम्पन्न गरिनेछ र हरेक वडाहरुमा आवश्यक जनशत्ति, औषधी, उपकरण, प्रविधि, स्वास्थ्यकर्मी सहितको स्वास्थ्य चौकी स्थापना, स्तरउन्नति गरिनेछ ।
२. एकतप्पा बहुमुखी क्याम्पसलाई त्रि.वि.को आंगिक क्याम्पस बनाउन र आमचोकमा क्याम्पस संचालन गरिनेछ ।
३. गाउँपालिकालाई फि्र वाईफाई जोन (निशुल्क इन्टरनेटक्षेत्र) घोषणा गरिनेछ ।
४. प्राविधिक शिक्षा कृषि, इलेक्टा्रेनिक्स, भेटनरी, जे.टी.ए., अमिन, अनमी, सि.एम.ए. तर्फजोड दिइ प्राविधिक शिक्षालय स्थापना गरिनेछ ।
५. उज्यालो नेपाल निर्माणको आधारशिलामा रहि सुचना प्रविधि वाई.फाई, इन्टरनेत, कम्प्युटर, प्रोजेक्टरको प्रयोगद्धारा शिक्षालाई आधुनिकीकरण गर्दै प्रविधि मैत्री बनाइने छ ।
६. अनिवार्य र निःशुल्क विद्यालय शिक्षा, लक्षित वर्ग, द्धन्द्धपिडिति, सिमान्तकृत र गरिबीको रेखामुनी रहेका विद्यार्थीलाई छात्रबृत्ति सहित निशुल्क शिक्षा प्रधान गरिनेछ ।
७. विद्यालय तहमा प्राविधिक तथा व्यवसायिक शिक्षा साथै सबै विद्यालयहरुको स्तरउन्नती गरि आधुनिक, व्यवस्थित र गुणस्तरीय शिक्षाको लागि आवश्यक जनशक्ति, स्रोत साधनहरुको व्यवस्था मिलाई अग्रेंजी माध्यम बनाइनेछ ।
८. गाउँपालिकाका सवै नागरिकहरुलाई अनिवार्य स्वास्थ्य बीमामा आबद्ध गरिनेछ । गम्भीर प्रकारका रोगको स्वास्थ्य उपचार गर्न सवै नागरिकलाई सहयोग गरिनेछ ।
९. गरिब, मजदुर, बृद्ध तथा अपा∙ता भएका व्यत्तिहरुको निःशुल्क उपचार गर्ने ब्यवस्था गरिनेछ ।
खानेपानी तथा सरसफाई :
१. गाउँपालिकाका सवै घरहरुमा खानेपानीको धारा पुर्याइ पर्याप्त शुद्ध पिउने पानीको लागि आवश्यक खानेपानी आयोजना संचालन गरिनेछ ।
२. सफा, सुन्दर र सुसंस्कृत नमुना गाउँपालिका निर्माणको लागि आवश्यक कार्यक्रम संचालन गरिनेछ ।
कृषि तथा सिचाँइ :
१. कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण गरेर सिचाइको समेत सुनिश्चित गरिनेछ ।
२. आधुनिक कृषि र्फम, आर्गानिक खेती प्रणाली र व्यवसाहिक सामुहिक र्फम तथा व्यवसायी संचालनको लागि विभिन्न सेवासुविधा प्रधान गरि प्रोत्साहन गरिनेछ ।
युवा तथा स्वरोजगार :
१. युवाहरुको र्सवांगिण विकासको लागि पर्याप्त खेल मैदान निर्माण तथा मनोविज्ञान अनुसारका खेलकुद कार्यक्रमहरु संचालन गरिनेछ ।
२. रोजगार विस्तारको लागि श्रम र रोजगारमुलक कार्यक्रमहरको संचालन गरिनेछ ।
३. एक घर न्युनतम एक जना रोजगारी ।
४. हरेक वर्षप्रदेश स्तरीय फुटबल तथा भलिबल प्रतियोगिता साथै गाउँपालिकामा स्तरिय खेलकुद महोत्सव आयोजना गरिनेछ ।
५. समाज रुपान्तरण र विकास गर्दै समृद्ध तर्फअगीबढाउन साथै युवाहरुको नेतृत्व विकास गर्न कार्यक्रमहरु संचालन गरिनेछ ।
जनजिविका र जनस्तरोन्नतीका लागि :
१. हरेक टोल एक सहकारी, एक वडा अनेक कृषि उत्पादन, एक वडा न्युनतम एक दुग्ध संकलन केन्द्र, एक वडा फलफुल तथा तरकारी उत्पादन केन्द्र, दक्ष जनशक्ति अनिवार्य रोजगारी, हरेक वडा नमुना कृषि उत्पादन क्षेत्र कार्यक्रमहरु संचालन गरिनेछ ।
विद्युत :
१. ग्रामिण विद्युतीकरणमा विशेष जोड दिएर १ वर्षभित्रमा सबै जनताको घरहरुमा विजुली वितरण गरिनेछ ।
२. अल्पकालिन र दिर्गकालीन योजना बनाएर स्थानीय खोलाहरुवाट विद्युत उत्पादन गरिनेछ ।
३. हाल संचालन भइरहेका लघु जलविद्युत आयोजनाहरुलाई व्यवस्थित गर्न अनुदान सहयोग गरिनेछ ।
४. जनताको पानी-जनताकै लगानी कार्यक्रम अनुसार फाकफोकथुम गाउँपालिकाका प्रत्येक घरपरिवारहरुलाई कम्तीमा रु.५०००।- शेयर खरिद गर्न प्रोत्साहित गरिनेछ ।
लक्षित वर्ग :
१. दलित, महिला, आदीवासी जनजाति, अपाङ्ग, बृद्ध साथै लोपोन्मुख समुदायको शसंक्तिकरण र क्षमता विकास गर्न साथै रोजगार श्रजना गर्न विशेष कार्यक्रमहरु संचालन गरिनेछ ।
२. लक्षित वर्गका युवाहरुलाई लोकसेवा आयोग तयारी, श्ािक्षा सेवा आयोग तयारी कक्षा, नेतृत्व विकास तालिम, प्रस्ताव तथा प्रतिबेदन लेखन तालिम, उद्द्धोषण तालिम साथै समय सापेक्ष युगानुकुल समाज र राष्ट्र रुपान्तरण एवम् विकास गर्न सक्ने जनशत्ति तयार गर्न आवश्यक कार्यक्रम गरिनेछ ।
सूचना तथा सञ्चार :
१. गाउँपालिकामा एफ.एम. तथा पत्रिका स्थापना गरि संचालन र प्रशारण गरिनेछ ।
२. पत्रकारीता लाग्न चाहाने युवाहरुलाई क्षमता विकासको लागि आवश्यक तालिमह्ररु संचालन गरिनेछ । साथै उत्कृति वर्षपत्रकारीता सम्मान कार्यक्रम गरिनेछ ।
अन्त्यमा आज नेपाल सिंगो मुलुकनै नेकपा (माओवादी केन्द्र) को एजेण्डामा अघि बढिरहेको छ । फाकफोकथुम गाउँपालिका बासी आम जनताले परिकल्पना गरेको समृद्ध गाउँपालिकाप्रति पूर्ण प्रतिबद्ध नेकपा (माओवादी केन्द्र)को यो प्रतिवद्धतापत्र आधुनिक र विकसित गाउँपालिका निर्माणको प्रतिबद्धतापत्र हो । हाल सम्मको सवै उपलब्धीको संस्थागत र रक्षा गर्न साथै स्वीजरल्याण्डको गतिमा गाउँपालिकाको विकास गर्न गोलाकारभित्रको हँसिया-हथौडा चिन्हमा मतदान गर्न गाउँपालिकाका सम्पूर्ण दिदीबहिनी, दाजुभाई र बुबाआमामा हार्दिक अनुरोध गर्दछौं ।
नेकपा (माओवादी केन्द्र)
प्रचार प्रसार समति, फाकफोकथुम गाउँपालिका, इलाम