मतदान अधिकृत र सहायकका लागि तालिम

नयाँ बुलन्द

इलाम : जिल्ला निर्वाचन कार्यालयल इलामले स्थानीय तहको निर्वाचनमा एउटा मतदान केन्द्रमा ६ कर्मचारी खटाउने भएको छ । कार्यालयले एउटा मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक अधिकृत र बाँकी ४ कर्मचारी खटाउने छ ।

त्यस्तै निर्वाचनका लागि कार्यालयले असार ६ गते सम्ममा मतदान अधिकृत तथा सहायक अधिकृत चयन गरिसक्ने जनाएको छ । मुख्य निर्वाचन अधिकृत नवराज दाहालले निवार्चन कार्यालयले असार ११ सम्ममा सबै अधिकृत तथा सहायक अधिकृतलाई सम्बन्धित मतदान केन्द्रमा खटाइसक्ने बताए ।त्यसका लागि सोमबारबाटै मतदान अधिकृत तथा सहायक अधिकृतका लागि तालिम सुरु गरिएको छ ।

निवार्चनको समयमा केन्द्रमा अधिकृत गर्ने काम र काम गर्ने प्रक्रियाका बारेमा जानकारी गराउनका लागि तालिम सुरु गरिएको बताइएको छ । मुख्य निवार्चन अधिकृत नवराज दाहालका अनुसार कार्य क्षेत्रमा खटिने कर्मचारीलाई मतदान केन्द्रमा गरिने अनुसुची तयार गर्ने, मुचुल्का भर्ने, मतदान केन्द्र निर्माण गर्ने सम्मका कार्य गर्नका लागि तालिम दिइएको हो । यस तालिममा जिल्लाका १० वटा स्थानीय तहका  ५ सय ३० कर्मचारीको तालिममा सहभागिता छ ।

दाहालका अनुसार तालिममा १० वटा स्थानीय तहका आधा मात्र कर्मचारीलाई तालिम गराइएको छ । बाँकी कर्मचारीलाई बुधबारबाट पुन तालिम दिइने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार