सुलुबुङमा शिक्षा गोष्ठी

नयाँ बुलन्द

इलाम : इलाम इलामको सन्दकपुर गाउँपालिका-३ सुलुबुङमा दुई दिने वालवालिका पोषण सम्बन्धी शिक्षा गोष्ठी सम्पन्न भएको छ ।

वडा कार्यालय सुलुबुङको आयोजना भएको कार्यक्रममा २० विद्यार्थी सहभागी थिए । कार्यक्रमको सहजीकरण सुलुबुङ हेल्थपोष्टका इञ्चार्ज नवीनकुमार खड्का र वडा सामाजिक परिचालक प्रमिला निरौलाले गरेका थिए ।

सुनौलो वालक्लव सुलुबुङका अध्यक्ष खेमराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा सुष्मा शिवाकोटी, ललिता ढकाल, रुदिस परियार लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार