जमुनामा प्रस्तावना लेखन तालिम सम्पन्न

नयाँ बुलन्द

जमुना : प्रस्तावना लेखन सम्बन्धी चार दिने तालिम इलामको सन्दकपुर-५ स्थित जमुनामा सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति जिल्ला महिला समन्वय समिति इलाम र सन्दकपुर गाउँपालिका-५ (साविक जमुना गाविस) को सहयोगमा एकता महिला समाजको आयोजनामा तालिम सम्पन्न भएको हो ।

तालिममा सन्दकपुर-५ का ४६ जनाको सहभागिता रहेको थियो । तालिममा जिल्ला समन्वय समिति इलामका सामाजिक विकास अधिकृत राम योङहाङ र कार्यक्रम अधिकृत दिनेश पौड्यालले सहजीकरण गरेका थिए ।

समाजकी अध्यक्ष विष्णुमाया तामाङको अध्यक्षतामा सम्पन्न समापन समारोहमा सहजकर्ता द्वय योङहाङ र पौड्याल, वडा सचिव विष्णुप्रसाद भट्टराई, स्वास्थ्य चौकीका इन्चार्ज भुपेन्द्र भट्टराई, सहभागीका तर्फबाट सुलभ थेवे र समिक्षा तामाङले मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन प्राविधिक सहायक रमेश भट्टराईले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार