संघीयता र गणतन्त्र कार्यान्वनका लागि माओवादी केन्द्रलाई मत दिनुहोस् : देविभक्त शिवाकोटी

नेकपा माओवादी केन्द्रका तर्फबाट माइजोगमाई गाउँपालिकाका अध्यक्षका उम्मेद्वार देवीभक्त शिवाकोटी ।

देविभक्त शिवाकोटी नेकपा माओवादी केन्द्रबाट माईजोगमाई गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी बनेका छन् । माइजोगमाई१ निवासी शिवाकोटीलाई माओवादीले गाउँपालिकाबाट सर्वसम्मत रूपमा उनलाई उम्मेदवार छानेको हो । ७ महिना जेल जीवन बिताएका शिवाकोटी विकासप्रेमी, परिश्रमी र अध्ययनशील युवा हुन् । उनलाई २०५८ सालमा माओवादी अभियोगमा तत्कालिन सरकारले गिरफ्तार गरी इलाम जेलमा राखेको थियो । जेलमुक्त भएदेखि नै पूर्णकालीन कार्यकर्ता भई संघीयता र गणतन्त्रका लागि माओवादी आन्दोलनमा होमिएका शिवाकोटी अहिले नेकपा माओवादी जिल्ला समिति सदस्य छन् । प्रस्तुत छ, शिवाकोटीसँग चुनावको सेरोफेरोमा रहेर नयाँ बुलन्दकर्मी नरेन इलामेलीले गरेको कुराकानीको सम्पादित अंश :

अहिले केमा व्यस्त हुनुहुन्छ  ?

नेकपा माओवादी केन्द्र पछिल्लो समय निर्वाचनमा जुटेको छ । व्यापक रुपमा जनताको विश्वास जित्दै घरदैलो कार्यक्रम अन्तर्गत माओवादी केन्द्रले जुन ढङ्गले जनताको एजेण्डाहरु उठाएको थियो त्यही एजेण्डाहरु लिएर चुनावी अभियान लागिरहेको छु ।

तपाईँको उम्मेदवारी केका लागि ?

हाम्रो पार्टीले मलाई आफ्नो जिम्मेवारी दियो ।  त्यो जिम्मेवारी पुरा गरि जनताको सेवा गर्न म सँधै तत्पर छु र माओबादी केन्द्रले ल्याएका जुन एजेण्डाहरु छन त्यसलाई सफल रुपमा कार्यान्वयन गर्नका लागि मेरो उम्मेदवारी हो।

तपाईँलाई नै जनताले मतदान किन गर्ने ?

 सर्वप्रथम त आम जनताले मतदान पार्टीको एजेण्डाहरुलाई गर्ने हो ।  जनताले हाम्रा एजेण्डाहरु एकदमै मन पराएका छन् । हिजोको महान् जनयुद्दको फलस्वरुप जनताले गणतन्त्र प्राप्त गरेका छन् । गणतन्त्र स्थापना भइसकेपछि सिंहदरबारको अधिकार जनताको घरघरमा पुर्‍याउने भन्ने माओवादी केन्द्रको एजेण्डा आज जनताको सामु लिएर जाँदैछौँ । यो एजेण्डा हिजो पनि माओवादी केन्द्रले नै उठाएको हो । हिजो जनताको अधिकारलाई कुन्ठित गरेर सीमित घेराभित्र राखेको थियो र माओवादी केन्द्र कै पहलमा आदिवासी, जनजाति, लोपउन्मुख दलित पिछडिएको बर्ग तथा महिलालाई राज्यका प्रमुख पदहरुमा सुनिश्चित गर्ने काम गरेको छ । जुन हिजो उठाएका मुद्दाहरु आज जनताले हेरिरहेका छन् । यसलाई कार्यान्व्यन गर्न पनि माओबादी कै नेतृत्व छ भन्ने जनताले बुझेका छन् । यसकारण पनि माओवादी केन्द्रलाई नै मतदान गर्न जनता आतुर छन् ।

गाउँपालिकालाई समृद्द बनाउने तपाइको योजना कस्तो छ ?

 हाम्रो प्रमुख योजना माओवादी केन्द्रको अगुवाईमा भएको वर्तमान स्थानीय तहमा भएको परिवर्तनलाई सफल कार्यानव्यन गर्नु नै हो । यसका साथै शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, विद्युतिकरण, पर्यटन प्रवर्दन र कृषिमा आधुनिकिकरण गर्न  हाम्रो जोड रहनेछ ।

पर्यटकीय दृष्टिकोणले पनि माईजोगमाई गाउँपालिका एक महत्वपूर्ण स्थानको रुपमा स्थापित छ । यस क्षेत्रमा रहेका उत्तरे पोखरी, सुर्योदयको दृष्य अवलोकन गर्न सकिने थुम्केडाँडा जस्ता महत्वपुर्ण स्थानहरु छन् । यहाँको हावापानी एकदमै राम्रो रहेको छ । भुगोलका दृष्टिकोणले पनि बजारीकरणको सम्भावना रहेको हुँदा हरेक स्थानलाई एक न एक विशेषता बोकेको पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न सक्ने सम्भावना छ र हामी गर्छौ पनि ।

पछिल्लो समय अधिकांश युवाहरु विदेशिएका छन् । उनीहरुलाई यसै ठाउँमा राख्न सक्ने तपाईँका युवा लक्षित योजनाहरु के छन?

 त्यसका लागि हामीले छुट्टै योजना बनाएका छौँ । यसका लागि युवाहरुलाई रोजगारी प्रदान गर्नका लागि सम्भाव्यताहरु खोजी रहेका छौँ । जसका लागि कृषिमा आधुनिकरण गर्ने, बैज्ञानिक तवरबाट खेतिपाति गर्ने,  विभिन्न रोजगारीका सीपमूलक तालिम र प्रशिक्षणको व्यवस्था गर्ने, आफ्नो भुगोल सुहाउँदो कृषिबाली र जडिबुट्टी उत्पादनमा प्रोत्साहन गर्ने, जसका लागि समुह बनाएर सामुहिक कृषिमा लगानी गर्ने, पशुपालन प्रवर्दन र विस्तार गर्ने, पछिल्लो समयमा देखिएको वितिय संस्थाहरुको ब्रह्मालुटको भण्डाफोर गरि सहकारी संस्थाहरु खोलेर युवाहरुलाई उत्पादनशिल क्षेत्रमा परिचालन गर्ने जस्ता योजनाहरु हाम्रा छन् ।

तपाईँको घोषणापत्रमा भएका कार्यक्रमहरु राम्रा छन् । तर चुनाव सकिएसँगै सेलाएर जाने त हैनन् ?

त्यस्तो अवश्य हुन्न ! आमजनतालाई थाहा छ । अन्य पार्टीहरुले भन्दा हाम्रो पार्टीले प्रगतिशिल ढङ्गले जनताका एजेण्डाहरु उठाएको छ । यसै अन्तर्गत गणतन्त्र स्थापना भएको छ । हिजो संघीयता र गणतन्त्रको कुरा उठाउँदा यो कुन चराको नाम हो संघीयता र गणतन्त्र भन्ने अन्य पार्टीहरु पनि आज यसै व्यवस्थालाई स्विकारीरहेको छ भने माओवादी केन्द्रले आफ्ना प्रतिवद्धतालाई अवश्य पनि लत्याउने छैन ।

तपाईँको जित्ने सम्भावना चाहिँ कत्तिको छ ?

जित्‍ने सम्भावना प्रशस्त छ । माओवादी केन्द्रको पक्षमा एकदमै राम्रो माहोल बनेको छ । जनताले माओवादी केन्द्रलाई ठूलो विश्वास गरेका छन् ।, तसर्थ पनि म र मेरो टिमले जित्‍ने निश्चित छ ।

यदि तपाईँ पराजय हुनुभयो भने के हुन्छ?

यदि त्यस्तो अवस्था आएमा हामीलाई गुनासो हुने छैन । माओवादी केन्द्र पराजित भएर अन्य कोही विजयी भए पनि मलाई दुःख लाग्ने छैन । जसले जिते पनि माओवादी केन्द्रको एजेण्डाहरुको जित हुनेछ । त्यसमा नै म गव गर्नेछु ।

तपाईँले आफ्नो प्रमुख प्रतिस्पर्धीका रुपमा कसलाई लिनुभएको छ?

हामी पहिलो स्थितिमा छौँ ।  जनताको विश्वास माओवादीमा छ । माओवादी कै एजेण्डा अनुसार चुनाव भइरहेको छ । यसलाई माओवादीले मात्र संस्थागत गर्न सक्छ भन्ने जनताको बुझाइ छ । कांग्रेस/एमालेलाई हामीले धेरै हेर्‍यौं केहि गर्न सकेनन् अब माओवादी केन्द्रको विकल्प छैन भनेर जनताले नै भनिसकेपछि मेरो टिमको जित निश्चित छ। यस अवस्थामा मेरो प्रतिस्पर्धी कोही पनि छैन ।

चुनावमा जसले बढि खर्च गर्छ उसले जित्छ भन्ने बुझाइ आम जनतामा छ । तपाई कति खर्च गर्ने योजनामा हुनुहुन्छ?

म एउटा गरिब परिवारमा हुर्किएको मान्छे । हिजो गणतन्त्र स्थापनाका लागि सर्वहारा वर्गको नेतृत्व गरेर हिँड्दा जेल समेत भोगेको मान्छे हु । म चुनाव पैसाले हैन विचारले जित्नुपर्छ भन्ने सोच राख्छु । पैसाको आडमा चुनाव जित्ने हरुले भोलि जितेर पनि विकास भन्दा पनि आफ्नो खर्च उठाउन तर्फ लाग्छन र विकास पछि पर्छ भन्ने मेरो बुझाइ रहेको छ । त्यसैले चुनाव पैसाले हैन बिचारले जित्नुपर्छ भन्ने मान्यता राख्छु ।

अन्त्यमा माइजोगमाई गाउँपालिका बासीमा केही भन्नु छ की ?

माइजोगमाई गाउँपालिका बासीहरुमा मेरो नेतृत्वमा रहेको माओवादी केन्द्रका समपूर्ण उम्मेदवारहरुलाई गोलाकार भित्रको हँसिया हथौडा चिन्हमा आफ्नो मत दिएर सहयोग गरिदिनुहोस् । माओवादी केन्द्रको नेतृत्वमा मात्रै संघीयता र गणतन्त्र सफल कार्यान्वयन हुनेछ । त्यसैले हामीलाई मत दिएर अत्याधिक बहुमतले विजयी गराईदिनुहुन आम मतदाताहरुमा अनुरोध गर्दछु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार