कक्षा ११ को परिक्षाको तयारी पुरा

नयाँ बुलन्द

इलाम : इलाममा कक्षा ११ को परिक्षाको तयारी अन्तिम चरणमा पुगेको छ । असार 1 गतेबाट हुने परिक्षाका लागि इलाममा १३ वटा केन्द्रहरु तोकिएको छ ।

जिल्ला शिक्षा कार्यालयले चुलाचुलीको भानुमावि, आमचोकको सिंहदेबी मावि, मङगलबारेको भानुभक्त मावि र सूर्योदय शिक्षा सदन, बरबोटेको अमर मावि, इलाम नगरपालिकाको आदर्श मावि, हेरिटेज नेशनल एकाडेमी, भगवती मावि र इलामलाई केन्द्र तोकिएको छ ।

सूर्योदय नगरपालिकाको करफोक मावि, फिक्कल मावि र कृष्णाश्रम माविलाई केन्द्र तोकेको छ । जिल्ला शिक्षा कार्यालय इलामका अम्बिका खनालका अनुसार यस बर्षविद्यार्थीको संख्या बढेकोले ३ वटा केन्द्र थपिएको छ ।

कक्षा ११ को परिक्षामा इलामबाट ४ हजार ९५ विद्यार्थी सहभागी हुँदैछन् । नियमित तर्फतीन हजार २ सय ४२ र आशिंक तर्फ८ सय ५३ विद्यार्थी रहेको  शिक्षा कार्यालय जनाएको छ ।

गत बर्षसम्म उच्च माध्यमिक शिक्षा परीक्षा बोर्डले गराउदै आएको कक्षा ११ र कक्षा १२ को परीक्षा यस बर्षदेखि राष्ट्रिय परीक्षा बोर्डले गराउने भएको छ । असार १ गतेबाट सुरु हुने परिक्षा १० गते सकिने छ ।

परिक्षाका मिति पटक पटक सारिदा विद्यार्थी अन्योलमा परेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार