नयाँ बुलन्द
इलाम : नेकपा (एमाले) देऊमाई नगर कमिटीले अन्य राजनीतिक पार्टीको गतिविधीमा संलग्न भएको भन्दै वडा नम्बर २ का पार्टी सदस्य दुर्गा दाहाललाई पार्टीबाट निश्कासन गरेको छ ।
दाहालले विगत लामो समयदेखि एमाले र एमालेका उम्मेद्वारको विरुद्ध अन्य पार्टीसँग साँठगाँठको राजनीति गरिरहेको र पटक–पटक सम्झाउँदा समेत नसच्चिएपछि कारबाही गरिएको एमाले नगर संगठन कमिटीको संयोजक एवम् जिल्ला अध्यक्ष रामबहादुर रानाले जानकारी दिए ।
निर्वाचनको समयमा पार्टी हितको विरुद्धमा लाग्नेलाई कारबाही गर्ने पार्टीको केन्द्रीय नीति बमोजिम निश्कासन गरिएको अध्यक्ष रानाले बताए ।