संघीय समाजवादीको निर्वाचन लक्षित कार्यक्रम

नयाँ बुलन्द

इलाम : संघीय समाजवादी फोरम नेपालले इलामका स्थानीय तहहरुमा चुनाव प्रचार अभियान सुरु गरेको । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति नजिकिंदै जाँदा फोरमले जिल्लाका ४ नगरपालिका तथा ६ गाउँपालिकाहरुमा नयाँ शक्तिसँगको संयुक्त चुनावी घरदैलो अभियानलाई अगाडि बढाएको हो ।

पार्टीले सबै स्थानीय तहमा घरदैलो अभियान विशेष ढंगले संचालन गरिरहेको छ । फोरमले चुनावी प्रचारप्रसारलाई प्रभावकारी र व्यवस्थित बनाउन भन्दै विभिन्न जिल्लास्तरीय समितिहरुसमेत निर्माण गरेको छ ।

पार्टीले देवेन्द्र राईको संयोजकत्वमा नयाँ शक्तिका सहसंयोजक डिल्ली चेम्जोङ सहसंयोजक रहेको दुई पार्टीको संयुक्त निर्वाचन परिचालन समिति निर्माण गरेर अभियान अगाडि बढाएको हो ।

पार्टीले गाउँगाउँमा पार्टी प्रवेशको कार्यक्रमलाई समेत तीब्र बनाएको छ । यसै साता माइनगरपालिकामा कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाबाट ७० बढी नेता कार्यक्रता संघीय समाजवादी फोरममा प्रवेश गरेका छन् । त्यस्तै भर्खरै सुर्योदय नगरपालिका-७ मा नेपाली कांग्रेसका क्षेत्रीय उपसभापति मणी राईको नेतृत्वमा र ६ मा एमालेका सन्तोष राईको नेतृत्वमा ३५ बढी नेता कार्यकर्ता पार्टीमा प्रवेश गरेको सो पार्टीले जनाएको छ ।

इलाम जिल्लामा इलाम, सूर्योदय, माई, देउमाईसहित ४ नगरपालिका र फापफोकथुम, माङ्सेबुङ, चुलाचुली, रोङ, माईजोगमाई तथा सन्दुकपुरसहित ६ गाउँपालिका गरी जम्मा १० स्थानीय तह इकाईहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार